बागलुङ । अभिनेता पल शाह र गायक दुर्गेश थापालगायतको टोलीले ढोरपाटनका बाढी प्रभावित परिवारका लागि राहत प्रदान गरेको छ ।
पल शाह फाउण्डेशन र ‘हाम्रो टिम नेपाल’को तर्फबाट नगद रु ५० हजारसहित खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सामग्री प्रदान गरिएको हो ।
३० बोरा चामल, ३० जोर सिरक/डसना, खाद्यन्न, स्टेशनरीलगायत राहत सामग्री अभिनेता शाह र गायक थापाले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई राहत हस्तान्तरण गरेका थिए ।
“अरुको दुःखमा साथ दिनु हामी कलाकारको पनि दायित्व हो ।”, अभिनेता शाहले भने ।
बाढी प्रभावितलाई मानवीय सहायता पुर्याउने उद्देश्यले काठमाडौँदेखि बागलुङसम्म आएको शाहले बताए ।
गायक थापाले गृहजिल्लामा बाढीले ठूलो जनधनको क्षति प¥याएको थाहा पाउनसाथ राहत लिएर जाने योजना बनेको बताए ।
पल र दुर्गेशको समुहमा काठमाडौँबाट तीन दिन लगाएर ढोरपाटन पुगेको थियो ।
तस्बिर: मिलन ढुंगाना