पोखरा । ज्यान मुद्धामा फरार रहेका सुरेन्द्र गिरी १८ वर्षपछि पक्राउ परेका छन् । पोखरा १७ दोबिल्लामा बस्ने गिरीलाई चुडकबहादुर घिमिरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो । ४२ वर्षीय गिरीलाई सवारी ज्यान मुद्धामा चितवन जिल्ला अदालत तथा पुनरावेदन अदालत हेटौंडाका २०५९ फागुन १२ गतेको फैसलाले ४ वर्ष ११ महिना ५ दिन कैद सजायको फैसला गरेको थियो । सो फैसला पश्चात गिरी फरार रहँदै आएका थिए । प्रहरीले आज उनलाई पक्राउ गरेर जिल्ला अदालत कास्कीमा पेश गरेको जानकारी दिएको छ ।
