गण्डकी प्रदेशमा कोरोनाबाट थप १ को मृत्यु, मृतकको कुल संख्या १९ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ७ की महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । मृत्तक महिलालाई हिजो शनिबार अचेत अवस्थामा अस्पताल भर्ना गरिएको थियो ।

ब्रेनह्यामरेज भएपछि उनी बेहोस भएकी थिइन् । जिल्लाको गोरखा अस्पतालमा लगिएकी उनको आइसियुमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

मृत्युपश्चात स्वाब संकलन गरेर परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएका गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिएकी छिन् । योसंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

कमेन्टहरु
Loading...