अन्नपूर्ण खेलमैदान पुनःडिजाइन गरिने

हेम्जा । ‘एक पालिका एक खेल मैदान’ निर्माण अन्र्तगत अन्नपूर्ण गाउँपालिकामा जारी स्थानीय माछापुच्छे« माविको खेलमैदान स्तरउन्नती कार्यमा गलत इन्जिनियरिङ भएको पाइएपछि पुनः डिजाइन गरिने भएको छ ।

गलत इन्जिनियरिङ बारे स्थानीय युवाले आवाज उठाएपछि तथा केही सञ्चार माध्ययममा समाचार प्रकाशन प्रशारण भएसँगै गाउँपालिका उक्त डिजाइन फेर्न तयार भएको हो । जसबाट गाउँपालिकालाई व्यय भार थपिने निश्चित भएको छ । ‘काम गलत भएको रैछ, युवाले निर्माणाधिन अवस्थामै सचेत गराउनुभयो, उहाँहरु प्रति आभारी छु, अब हामी डिजाइन फेरेर काम गर्छौं ।’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भनेका छन् । युवाहरुले सचेत पालिकावासीको भूमिका निर्वाह गरेको पनि उनले बताए । ‘उहाँहरुलाई आगामी दिनमा पनि गाउँपालिकाका हरेक गतिविधीमा चाँसो दिइ रचनात्मक सुझाव दिन आग्रह पनि गर्छु ।’ अध्यक्ष कुँवरले भने ।

विगत केही दिन अघिदेखि युवाहरुले निर्माण कार्य जारी रहेको चेञ्जिङ रुम तथा कार्यक्रम हलका कारण छेकिएर दर्शकले प्याराफिटबाट खेल मैदानको केही भाग देख्न नसक्ने अवस्था बन्नेतर्फ सचेत गराउँदै आएका थिए । ‘गाउँपालिकाको गौरवको आयोजना भएकाले बिग्रार्ने छुट कसैलाई थिएन ।’ आवाज उठाउने मध्येका १ सिम्पालीका शिव सुवेदीले भने, ‘हामीले कसैको विरोध गरेको होइन, गलत काम भइरहेको छ भनेर खबरदारी मात्रै गरेको हो, खबरदारी गर्दागर्दै पनि निर्माण जारी रहेकाले त्यस्तो काम रोक्नुपर्ने पनि भनिएको हो ।’

यता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनियर प्रनिश ताम्राकार सहितको टोलीले निर्माणाधीन उक्त खेलमैदानको शनिबार अवलोकन गरेको छ । अवलोकनपछि खेल तथा दर्शकमैत्री मैदान बनाउने सिलसिलामा डिजाइन पुनः परिमार्जन गर्ने सहमति भएको वडा नं.२ का अध्यक्ष चुडामणि अधिकारीले जानकारी दिए । प्याराफिटमा बसेर हेर्दा ७ देखि १० प्रतिशत मैदान छेकिने रहेछ, त्यो हामीले पनि महसुस ग¥यौं ।’ वडाध्यक्ष अधिकारीले भने ।

मैदानको गाउँपालिकाका इञ्जिनियर राजन गौतमले डिजाइन गरेका थिए । जसमा प्राविधिक त्रुटि भेटिएको हो । मैदान निर्माणका लागि संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयबाट ५० लाख तथा गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरेको छ । मैदानको उत्तरपट्टी निर्माण कार्यहरु भइरहेका छन् । जसअन्र्तगत बीच भागमा चेञ्जिङ रुम तथा कार्यक्रम हल निर्माण जारी थियो । बनिरहेकै संरचना अनुसार चेञ्जिङ रुम र कार्यक्रम हलले छेकेर चेञ्जिङ रुम नजिकै पूर्वपट्टीको प्याराफिटमा बससेर खेल हेर्ने दर्शकले पश्चिम उत्तर क्षेत्रको खेल देख्न नपाउने तथा पश्चिमपट्टीको प्याराफिटमा बसी खेल हेर्ने दर्शकले पूर्व उत्तर क्षेत्रको खेल हेर्न सक्ने अवस्था रहँदैन ।

कमेन्टहरु
Loading...