पोखरा , भदौं १२ गते । चर्चित फ्रेन्चाईज रियालिटी गायन शो ‘नेपाल आईडल’को तेश्रो संस्करण विजेता सज्जा चौलागाइ बनेकी छन् ।
कोरोना कहरका बिच आफ्नै स्टुडियोबाट आईडल आयोजक एपीवान टेलिभिजनले आज शुक्रवार गरेको ग्राण्ड फिनालेमा अन्य दुई प्रतिस्पर्धि प्रविन वेडवाल र किरण भुजेललाई माथ खुवाउदै तेश्रो संस्करणको नेपाल आईडल बनेकी हुन् । बिजेता बनेसँगै सज्जाले नगद ५० लाख प्राप्त गरिन् ।
फस्ट रनर अप प्रविन वेडवालले १० लाख र सेकेण्ड रनरअप किरण भुजेल ले नगद पाँच लाख रुपैया प्राप्त गरे । नगद पुरस्कारसँगै उनीहरुले कन्सर्टका लागि वल्र्ड टुर गर्ने मौका समेत पाउनेछन् ।
नेपाल आईडलमा पहिलो संस्करण देखिनै संगितकार न्ह्यू बज्राचार्य, गायक तथा संगितकार कालीप्रसाद बाँस्कोटा र गायीका ईन्दिरा जोशी निर्णायकका रुपमा रहदै आएका छन् ।
आईडलको तेस्रो संस्करणमा देशका विभिन्न शहरबाट कूल नवगायक प्रतिस्पर्धामा आफूलाई अब्बल देखाउने प्रयास गरेका थिए ।
नेपाल आईडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामा, दोश्रोमा सुदुरपश्चिमका रवि ओड विजेता बनेका थिए ।