कास्कीको माछापुच्छ्रेमा गाई काट्न हिँडेका गिरोह पक्राउ

सांकेतिक तस्बिर

 

गन्थन डेस्क

सोमबार साढे १० बजे कास्की सार्दीखोलास्थित गौरक्ष केन्द्रको गाई काट्न हिँडेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका ३ मा रहेको जटायु संरक्षण तथा गौरक्ष केन्द्रमा रहेका गाई काट्ने योजना अनुसार हातहतियार लिई निस्केको समूहलाई घाचोक प्रहरीले पक्राउ गरेको हो । समूहसँग बञ्चराेलगायतकाे हतियार रहेकाे पाइएकाे छ ।

समूहका ७ मध्ये ५ पक्राउ परेका छन् भने २ फरार छन् । उनीहरूकाे उमेर समूह २० देखि ३० रहेकाे छ ।

उनीहरुलाई गाउँलेको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक एवं प्रवक्ता सुवाश हमालले जानकारी दिए ।

गाई काट्न भनि आएको समूहलाई देख्ने बित्तिकै गौरक्ष केन्द्रका चौकीदारले प्रहरीलाई खबर गरेका थिए । यसअघि पनि त्यहाँबाट गाई हराउने गरेको बताइएको छ ।

गाई काट्न गएको आरोप लागेकाहरु माछापुच्छ्रे २ सार्दीखोला कसेरीका समूह भएको प्रवक्ता हमालले गन्थनलाई बताए ।

उक्त समूहविरुद्ध गौरक्ष केन्द्रका पदाधिकारीले जाहेरी दर्ता गरिसकेका छन् भने प्रहरी अनुसन्धानमा जुटेको जिप्रका कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...