अब पोखरा शिल हुन्छः मेयर जिसी

कमल सुबेदी

महानगरमा दिनानुदिन कोरोना संक्रमितहरु बढ्दै गएपछि पोखरा शिल गर्ने पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताए ।

पछिल्लो समय पोखरामा अनपेक्षित संक्रमित बढेसगै कास्की जिल्ला प्रबेश गर्ने नाकामा थप कडाइ गर्दै शिल गर्ने जिसीले बताए । आज राजनैतिक दलका प्रतिनिधिहरुसँगकाे परामर्श पछि पोखरा र सिङ्गाे कास्की जिल्लालाइ नै शिल गर्न लागिएको हो ।

सोमबार कोरोना ब्यबस्थापन समितिले प्रदेश सरकारलाइ शिल गर्नका लागि अनुरोध गर्ने र अनुमोदन भएपछि एक दुइ दिनमा नै  शिल हुने .जिसिले बताए ।

नेपालीहरुको चाडबाड नजिकिएसंगै मानिसहरुको भिड बढेकोले कोरोना संक्रमितको संख्या झन डरलाग्दो हुने र त्यसले ठुलो रुप लिने भएकोले महानगर पाेखरा शिल गर्ने याेजनामा लागेकाे उनले बताए ।

कमेन्टहरु
Loading...