पोखरा , साउन ३० गते । गत अगष्ट १२ अर्थात् बुधवार रिलिज भएको बलिउड फिल्म ‘सडक २’को ट्रेलरले युट्युब भिडियोको रेर्कड कायम गरेको छ ।
फक्सस्टारबाट रिलिज भएको ट्रेलर विश्वकै सबैभन्दा बढि डिसलाइक पाउने ट्रेलर बनेको छ।
समाचार तयार पार्दा सम्म ८८ लाख डिसलाइक पाएको छ । महेश भट्ट निर्देशित फिल्म हो । अभिनेता सुशान्त सिहं राजपुतको आत्महत्यापछि बलिउडमा ‘नेपोटिज्म’ मुद्धा चर्किरहंदा निर्देशक भट्ट र उनकी छोरी आलिया भट्ट सर्वाधिक मुछिएका पात्र हुन् । डिसलाइका बढ्नु प्रमुख कारण यही मानिएको छ । त्यसो त समिक्षकले पनि ट्रेलरलाई रुचाएका छैनन् ।
बलिउडमा रहेको नातावाद बिरुद्ध दर्शकहरुले गरेको बहिस्कार गर्ने ट्रेण्ड चलिरहेको छ । त्यसको परिणामको रुपमा यसलाइ लिन सकिन्छ । ट्रेलरमा जम्मा ४ लाख ७७ हजार लाइक रहेको छ । ३ करोड ६२ लाख दर्शकले हेरिसकेका छन् ।
युट्युबमा अपलोड गरिएकोे ‘युट्युब रिवाइन्ड २०१८’ ले १ करोड ८० लाख डिसलाइक पाएको छ । भने गायक जस्टिन बिबरको ‘बेबी’ गितले १ करोड १० लाख डिसलाइक पाएको छ ।
‘सडक २’ ट्रेलर भिडियोमा कमेन्ट गर्ने अधिकांश दर्शकले सुशान्त राजपूत संग जोडिएर महेश भट्टको विरोध गरेका छन् ।
पछिल्लो समय बलिउडमा परिवारवाद र नातावाद विरुद्ध कलाकारले समेत खुलेर बोल्न थालेका छन् । सुशान्तको आत्महत्या कि हत्या भन्ने बारेमा समेत फरक फरक कोणबाट बहस भैरहेको छ । नायिक कंगना रणावत सुशान्त राजपूतको मृत्युपछि बलिउडको नाताबाद र परिवारवाद विरुद्ध कडा रुपमा देखिएकी छन् ।
२८ अगस्तमा डिज्नी प्लस हटस्टारबाट रिलिज हुने ‘सडक २’मा संजय दत्त, अलिया भट्ट, आदित्य रोय कपूर, पूजा भट्टको मुख्य भूमिका छ ।