कास्कीका फुटबल खेलाडीलाई राहत वितरण

पोखरा । कास्कीका कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका फुटबल खेलाडीलाई शुक्रबार राहत वितरण गरिएको छ । जिल्ला फुटबल संघ कास्कीले पोखरा रंगशालामा आयोजित कार्यक्रमका बीच २२ जना खेलाडी, ५ जना फिफा रेफ्री र १ जना प्रशिक्षकलाई राहत रकम वितरण गरेको हो ।

खेलाडीलाई राहत वितरण गर्न एन्फा केन्द्रीय कार्यालयमार्फत् ७५ हजार रुपैयाँ आएको थियो । एन्फाले ५० जना खेलाडीलाई १ हजार ५ सयको चेक हस्तान्तरण गरेको गरेको थियो ।

यसैबीच कार्यक्रममा लाइन्स क्लब अफ पोखरा सेन्टिनियलले समेत फुटबल खेलाडी तथा प्रशिक्षकलाई सहयोग प्रदान गरेको छ । खेलाडीले जिल्ला फुटबल संघ कास्की तथा लायन्स क्लब अफ पोखरा सेन्टिनियलले गरेको सहयोग बापत् राहत स्वरुप १५ सयको चेक र नगद १ हजार प्राप्त गरेका छन् ।

राहत वितरण पश्चात कार्यक्रममा बोल्दै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले कोरोना भाइरसको महामारीले फुटबल खेलाडी समेत मारको परेको अवस्थामा सहयोग गरेको बताए । राहतका लागि छुटेका अन्य खेलाडीलाई समेत केही दिनमा नै सम्पर्कमा ल्याएर वितरण गर्ने उनले कार्यक्रममा जानकारी दिएका छन् ।

यस्तै कार्यक्रममा कास्की जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष एकराज गिरीले एन्फामा आवद्ध भएर पनि आर्थिक अवस्था कमजोर भएका फुटबल खेलाडी तथा प्रशिक्षकलाई सहयोग गरिएको बताए । कोरोना भाइरसको महामारीको चपेटामा सबै क्षेत्र परेको भन्दै खेल क्षेत्र समेत अछुतो रहन नसकेको बताएका छन् ।

कमेन्टहरु
Loading...