महिला पर्यटन व्यवसायीद्वारा पर्यटन मजदुरलाई राहत वितरण

पोखरा । पोखराका महिला पर्यटन व्यवासायी मञ्च (ओटेफ) ले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा पर्यटन क्षेत्रका मजदुरलाई राहत वितरण गरेको छ । कोभिड— १९, ले पर्यटन क्षेत्रमा पारेको प्रभावका कारण संकटबाट गुज्रिएका पर्यटन मजदुरलाई महिला व्यवसायीलाई राहत वितरण गरेको हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजिव पहारीले कोभिड— १९, ले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा गरेको बताए । उनले सरकारले भ्रमण वर्ष— २०२० लाई घोषणा गरेपछि पर्यटन क्षेत्रमा व्यवसायीले करौडौं लगानी बढाएको र लगानी डुब्ने अवस्थामा रहेको धारणा व्यक्त गरेका थिए । सरकारले पनि पर्यटन क्षेत्रमा परेको असर अवस्थालाई मिल्नेसम्मको सहयोग गरेको उनले भनाइ थियो । पर्यटन व्यवसायी महिलाले पर्यटन क्षेत्रमा गर्दै आएको सामाजिक कार्यसँगै संकटको अवस्थामा मजदुरको समस्यालाइ बुझेर राहत वितरण गर्नु निकै सकारात्मक भएको उनले बताएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले व्यवसायी महिलाले कोभिड —१९, को असरमा परेका पर्यटन मजदुरलाई राहत प्रदान गरेर सामाजिक उत्तरदायित्व पूरा गरेका बताए । उनले पर्यटन क्षेत्रमा पछिल्ला दिन निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाउदै समस्यामा सजगताका साथ अगाडि बढ्न आग्रह गरे ।

वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पर्यटन क्षेत्रमा परेको संकटमा अहिले धैर्य भएर सामना गर्नुपरेको बताएका छन् । कोरोनाको संक्रमण वडा देखिए पनि आत्तिएरभन्दा सुरक्षित भएर यसबाट जोगिनुपर्ने उनको भनाई थियो ।

महिला पर्यटन मञ्च ओटेफका अध्यक्ष जमुना पहारीले पर्यटन क्षेत्रमा लागेका मजदुर र व्यवसायी एक सिक्काका दुई पाटा रहेको बताएकी छिन् । उनले यस्तो अवस्थामा एकअर्कालाई सक्दो सहयोग गर्नुपर्ने उदेश्यका साथ संस्थाले वार्षिक उत्सव पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको बताइन् ।

लायन्स क्लब अफ पोेखरा अञ्जुलीको तर्फबाट डिष्ट्रिकका एनएलएफ चिफ लायन दुर्गा ढकालले व्यवसाय सँगै सँगै मानवीय सेवामा पनि व्यवसायी महिला सक्रिय रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रमा पर्यटन क्षेत्रमा काम गर्ने ३० जना मजदुरलाई चामल, दाल, तेल नुन लगायतका सामाग्री वितरण गरेको संस्थाका सचिव उमा भण्डारीले जानकारी दिएकी छिन् ।

कमेन्टहरु
Loading...