मुक्ति समाज क्षेत्र नम्बर चारद्धारा निर्वाचन परिचालन कमिटी गठन

पोखरा, ८ कार्तिक /मुक्ति समाज कास्की क्षेत्र नम्बर चारले एमालेका उमेद्वार सीता गिरीलाई जिताउन मिन बहादुर विकको अध्यक्षतामा २ सय एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर चारको सम्पर्क कार्यलयमा भएको सो भेलाका प्रमुख अतिथि एमाले चारका उमेद्वार सीता गिरीले भेलालाई सम्बोधन गर्दै महिला, पिछडिएको वर्ग र सवै जाती जनजातिका अधिकार प्रप्तीका अग्रह गर्नुभयो ।

अघिल्लो संविधानसभामा एमाले तेस्रो पार्टी बन्दा संविधान बन्न नसकेको भन्दै अव एमालेलाई पहिलो पार्टी बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो । कार्यक्रममा बोल्दै एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण नेपालीले नेकपा एमाले दलितको पक्षमा काम गर्ने इमान्दार पार्टी भएकाले यसको जितमा मात्र दलित र उत्पिडनमा परेका समुदायको पक्षमा संविधान बन्ने दावि गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिवालय सदस्य दिपक पौडेल, मक्ति समाजका सचिवालय सदस्य होम नेपाली, मुक्ति समाज कास्कीका अध्यक्ष दाम बहादुर विक, क्षेत्रीय अध्यक्ष विष्णु केसी, युवा संघका स्थायी समिति सदस्य माधव वास्तोला लगाएतले बोल्दै एमालेको जित नै जनताको जित भएको हुँदा एमालेका उमेद्वारलाई जिताउन सूर्यमा मतदान गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै होम नेपाली,दाम बहादुर विक, लाल बहादुर परियार र मिनबहादरु विकको अगुवाईमा कास्की क्षेत्र नम्बर चारका सम्पुर्ण दलित बस्तिमा पुगेर घरदैलो गर्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गर्ने निर्णय समेत गरेको छ ।

कमेन्टहरु
Loading...