पोखरा । गायक निशान भट्टराई बैवाहिक जीवनमा बाँधिएका छन् ।
कृष्ण जन्माष्टमीको अबसर पारेर मंगलबार भ्टटराईले आफ्नी प्रेमिका ऋचा न्यौपाने संग विबाह गरेका हुन् ।
निशान र ऋचाले काभ्रे जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरेका हुन् ।
उनीहरु दुई वर्ष देखी प्रेम सम्बन्धमा रहेका थिए ।
अधिवक्ता रमेश हुमागाईंले कानुनी रुपमा विवाह गराइदिएका हुन् ।
काभ्रे घर भएकी ऋचा मोडल हुन् । उनले निशानको ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय समेत गरेकी छन् ।
नेपाल आइडलबाट उदाएका निशानको पछिल्लो गित ‘के माया लाग्छ र…’ हिट छ ।