मोबाइल कब्जा लिई कोठाको चुक्कुल लगाई राजीनामा दिन लगाए क्याम्पस प्रमुख वियोगी

पोखरा, ८ कात्तिक /जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख माधव वियोगीलाई कास्की प्रहरीले हिरासतमा लिएको छ । मंगलबार प्रहरीले वियोगीलाई क्याम्पसमा कार्यरत एक महिला कर्मचारीलाई एसएमस गरेको र पटकपटक फोन गरी टर्चर दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । क्याम्पस प्रमुख समेत रहेका वियोगीले अभियोग लागेपछि क्याम्पसबाटै राजीनामा दिएका छन् । प्रहरीले पीडित महिलाले दिएको उजुरीको आधारमा वियोगीलाई सार्वजनिक मुद्धा लगाएको बुझिन आएको छ ।

क्याम्पसमा आएको असहज परिस्थितिलाई मध्येनजर गर्दै बिहिबार क्याम्पस सञ्चालक समितिको आकस्मित बैठक बस्ने भएिपनि बसेको थाहा हुन सकेको छैन । विगत लामो समयसम्म विवादमा गुज्रिएको जनप्रिय क्याम्पस करिव डेड वर्ष यता बन्द हड्ताल नसुनिरहेको अवस्थामा एक्कासी क्याम्पस प्रशासन बाहेक पठनपाठन बन्द भएको बेला क्याम्पस प्रमुखको राजीनामा आउनु र राजीनामा आए लगतै प्रहरी प्रशासनले प्रमुखलाई कब्जामा लिनुले सबैलाई खुल्दुली लाग्नु स्वाभाविक हो । यति खेर पोखरामा रहेर लामो समयसम्म प्राध्यापन पेशामा नाम कमाएका क्याम्पस प्रमुखको राजीनामा आउनु पोखरामा चर्चाको विषय बनेको छ ।

अभियोगको कारण एसएमएस, फोन र पत्र भनिएपनि वास्तविक के भन्ने कुरा स्वयम् क्याम्पस प्रमुखलाई थाहा नभएको स्वीर्काछन् । आफन्त त्यसमाथि आफ्नै कर्मचारी भएका कारण कुनै बेला शुभकामना पठाउने, अबेला भएको बेला गाडीमा छोड्ने भएको यो कुरा सामान्य हुन् । क्याम्पस प्रमुख वियोगीका अनुसार विगत १० महिनादेखि फोन सम्पर्क नहुनु र ८ महिनासम्म अफिसकै कर्मचारी भएपनि बोलचाल नभएको सत्य हो । त्यस बीचमा यस अफिसमा कार्यरत महिला कर्मचारी गंगा देवकोटाले बाहिर कसैमार्फत् विगतमा क्याम्पस प्रमुखले एसएमएस पत्र पठाएको गुनासो गरेकोले यस्ता कुरा बाहिर गर्नुभन्दा तिमीसँग भेटेर कुरा गर्नु छ भन्दा उनीले मलाई फोन गरी टर्चर दियो भन्नु गलत हो । उनी के चाहिन्थिन थाहा भएन तर मैले वास्तविक कुरा भन्नु खोज्दा उनी आफै टाढिएकीले आज यो रुप लिएको हो ।

यस सम्बन्धसँग मेरो गुनासो केही छैन किनकी मुद्दा नै प्रहरी समक्ष दायरी भइसकेको हुनाले अदालत के निर्णय दिन्छ त्यो सजाय भो
ग्न तयार छु । तर, न क्याम्पसमा अध्यापन भइरहेका छ न कुनै हुुलदंगा भइरहेको छ नत कर्मचारीहरुको आन्दोलन छ । यी केही नभएको बेला एक्कासी मलाई एउटा शारीरिक, मानसिक र भौतिकरुपमा दवाव दिई मलाई क्याम्पस प्रमुख र प्राध्यापन पेशाबाटै जवर्जस्ती राजीनामा दिनु लगाइएको छ । घटना अनुसार म क्याम्पस कक्ष प्रवेश गर्दै गर्दा पूर्व क्याम्पस व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पर्शुराम बरालबाट मेरो मोबाइल कब्जा लिई कोठाको चुक्कुल लगाई कृष्ण बराल सहितले लछारपछार गर्दै शरीरका विभिन्न भागमा मुक्का प्रहार गरे ।

अनि पूर्व व्यवस्थापन समितिका कावाले तुरुन्त २ मिनेटभित्र राजीनामा दिन दबाब दिए । मानसिक शारीरिक र भौतिक दबाबका कारण उनीहरुले नै खोजेर ल्याएको कागजमा मैले राजीनामा लेखिदिए । यति गर्दा पनि नभएर पुन दवाद दिदै प्राध्यापक पेशाबाट समेत राजीनामा लेख्न लगाएकोले एरो दिएर उनीहरुले भने अनुसार राजीनामा दिए । यसरी मैले राजीनामा दिइसकेपछि व्यवस्थापन समितिका सदस्यहरुलाई बोलाई आधा घण्टाभित्र मेरो राजीनामा कम्प्युटर गरी स्वीकृत गरिएको कागज मलाई दिए । सोही समयमा गंगा देवकोटालाई मेरो विरुद्धको प्रहरी अभियोगपत्र समेत लेख्न लगाई मलाई बैदाम प्रहरी कार्यालयमा पुयाइयो । क्याम्पस प्रमुख वियोगी भन्छन् समाचार एकतर्फीरुप प्रचारवाजी गरिएको छ । मेरो मोवाइल अझैसम्म फिर्ता पाएको छैन ।

कमेन्टहरु
Loading...