१३ करोड होइन, पौने २ करोड घोटला भएको हो : मेयर जिसी

रिना थापा

पोखरा ।

पोखरा महानगरभित्रको अनियमितता विरुद्घ चौरतर्फी विरोध भइरहेको बेला आज महानगरपालिकामा ‘जागौं पोखरा’ अभियानका युवाले विरोध प्रदर्शन गर्दै मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनीहरु सबैले हातमा ‘१३ करोड खै मेयर ?’ लेखेको प्लेकार्ड बोकेर मौन रहदै कार्यालयभित्र उभिएका थिए । स्वतस्फुर्त युवाले महानगरको गेटदेखि माथि कार्यालयमा ढोकामा बसेर प्लेकार्ड समाइरहेका थिए । उनीहरुको माग महानगरले अनियमितताको स्पष्टिकरण दिएर दोषीलाई कारवाही गर्नुपर्ने रहेको छ ।

कार्यक्रमका अभियन्ता शिरिष गुरुङले महानगरको भ्रष्टचार, अनियमितता प्रति प्रश्न सोध्ने अधिकार रहेको भन्दै अनियमितताको पैसा नागरिकले तिरेको करको भएकाले महानगरले जवाफ दिनुपर्ने उनले बताइन् । उनले महानगरपालिकाले अनियमितताको रकमको स्पष्टीकरण नदिए र दोषीलाई अघि नल्याइने बेलासम्म आफूहरुको विरोध जारी रहने बताइन् ।

त्यसै गरी उनीहरुले पछिल्लो क्रममा महानगरभित्र घटेका अन्य आर्थिक अनियमितताको निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन् । कार्यक्रममा महानगरको ठेक्का, कन्सट्रक्सनका विषयमा समेत ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

त्यसै गरी कार्यक्रमकै अर्का अभियन्ता चिरञ्जीवि अधिकारीले महानगरले भ्रष्टचारीलाई संरक्षण गरेर राखेको आरोप लगाएका छन् । उनले कर्मचारीले अनियमितता गरेको ठहर भएपनि मिलेमतो गरेर सरुवा गर्ने वा संरक्षण गर्ने मात्र काम रहेको बताए ।

यति बेला पोखरा महानगरपालिका ठेक्का, कन्सट्रक्सन, विज्ञापनकरदेखि वडा अध्यक्षको अनियमितताको काण्डै काण्डमा प्रकरणमा मुछिरहेका छ । कार्यलय भित्र १३ करोड टाउको दुखाइको विषय बनेको छ ।


यता महानगरपालिकाका मेयर मानबहादुर जिसीले यस विषयमा लेखाविज्ञद्वारा छानविन भइरहेको जानकारी दिएका छन् । उनले १३ करोड नभइ १ करोड ७३ लाख ११ हजार ९ सय ७८ को हिसाब नमिलेको स्वीकार गरेका छन् । उनले यसबारे लेखा महाशाखा र राजश्व शाखालाई भनेर छानबिन गरि २५ दिनभित्र विवरण पेश गर्ने बताए । उनले भने, ‘यथार्थ आम्दानी खर्च निकालेर, हानी, नाक्सानी जोबाट भएको छ त्यसलाई कारवाही गरिन्छ ।’

गत वर्षको चैत ११ गते पोखरा महानगरपालिकाले सञ्चित कोषको खातामा आव कूल आम्दानी र राष्ट्रिय वाणिज्य बैंकको खातामा फरक प¥यो । फेरि पोखरा महानगरपालिकाले चैत २७ गते वडा कार्यालयमा खोलिएका विभिन्न बैंक खाता कम रहेका मौजदाता तथा मुक्तिनाथ बैंकबाट रकम जम्मा हुन बाँकी रहेकोले उक्त रकम बेरुजुबाट हटाउन सूचना पठाएको थियो । तर असार २५ गते महानगरले पौने २ करोड रकम हिनामिना भएको स्वीकार गर्दै छानविन गरेको छ ।

कमेन्टहरु
Loading...