एमाले क्षेत्र नम्बर चारमा प्रचारप्रसार तिव्र

पोखरा, ७ कार्तिक/नेकपा एमाले क्षेत्र नम्बर ४ का उमेद्वार सीता गिरीलाई जिताउन गाउँ गाउँमा प्रचार प्रसारका कार्यलाई तिव्र पारिएको छ । निर्वाचन परिचालन कमिटी गठन, मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम, मोटर साइकल ¥यालीका साथै पोस्टरीङ पम्प्लेटीङ कार्यलाई निकै तिव्रताका साथ अगाडी बढाइएको एमाले क्षेत्र नम्बर चार कास्कीले जनाएको छ ।

विहिबार क्षेत्र नंम्बर चार अन्तर्गतको विरेठाँटीमा जनसभा सम्पन्न गरिएको छ । जनसभालाई सम्बोधन गर्दै एमाले कास्की क्षेत्र नम्बर चारका उमेद्वार सीता गिरीले एमालेले सवै जनताको भावना समेट्न सक्ने बताइन् । उनले एमाले नेतृत्वको नौ महिनो सासनकालमा जस्तै विकास निर्माणका कार्यको पुनारवृत्ति गराउन फेर िएक पटक सवै जुट्नुपर्नेमा जोड दिइन्

यस्तै विहीबार नै युवा संघका स्थायी समिति सदस्य माधव वास्तोलाको नेतृत्वमा मोटर साइकल ¥याली सम्पन्न गरेको छ ।

कमेन्टहरु
Loading...