सरकारले भदौ १ देखि सञ्चालनमा ल्याउन भनिएको हवाई उडान केही दिन पछि सार्ने तयारी थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र सरोकारवालाबीच आन्तरिक तथा बाह्य उडान १५ दिन पछि सार्दै भदौ १६ गतेदेखि मात्रै खुला गर्ने विषयमा छलफल भएको बताइएको छ ।
कोरोनाभाइरस महामारीका कारण उडान केही दिन ढिलो गरी सञ्चालन गर्ने तयारी भैरहेपनि आधिकारिक निर्णय भएको छैन ।