सञ्चारकर्मी शारदा थापाको ‘तिजैको लहर’ सार्वजनिक (भिडियो)

काठमाण्डौं , साउन २१ गते । सञ्चारकर्मी शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

टेलिभिजनकर्मी थापाको यो तेस्रो तीज गीत हो ।

‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ।

सञ्जय श्रीपालको संगीत संयोजन रहेको थापाको गीतको छायाँकन वीरेन्द्र भट्टले गरेका छन् भने सम्पादन अमृत चापागाईले गरेका छन् ।

गायिका थापा स्वयमले अभियन गरेको म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् ।

म्युजिक भिडियो शारदा क्रियशन्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

कमेन्टहरु
Loading...