लोकल रक्सिलाई ब्राण्डिङ गर्न जरुरी छ – संस्कृतीकर्मी तीर्थ श्रेष्ठ

पोखरा /संस्कृृतीकर्मी तीर्थ श्रेष्ठले गन्थनसँगको छलफलमा लोकल रक्सिलाई ब्राण्डिङ गर्न सकेमात्र पर्यटनबाट आम्दानी हुने धेरै पैसा देशमा रहने बताएका छन् । लोकल रक्सी फाल्दै हिड्ने तर बहुराष्ट्रिय कम्पनीले बनाएका बिभिन्न लेभलका रक्सिलाई खुल्ला गर्दा व्यवसायीहरुलाई व्यवसायी कम ब्रोकर ज्यादा बनाउने श्रेष्ठको आरोप थियो । श्रेष्ठका अनुसार देशको पर्यटन बिकासलाई आत्मनिर्भर हिसावले अगाडी बढाउने हो भने स्थानिय उत्पादनलाई बिशेष जोड दिन जरुरी छ ।
‘हामी त अहिले व्यवसायी भन्दा पनि कमिशन खाएर काम गर्ने कारिन्दा भएका छौँ । लोकल रक्सि ड्रमका ड्रम फाल्दै हिड्ने अनि बिदेशी रक्सि खपत गरेर हामीले कस्तो खालको पर्यटन प्रवद्र्धन गर्न खोजेका हौँ ?हामीले त हाम्रो उत्पादनलाई पो ब्राण्डिङ गर्न प¥यो त । अनि त्यसबाट प्राप्तहुने आम्दानी हाम्रो जमिनसम्म जोडिन पुग्छ । जव हाम्रा बारीहरु बाँझो रहदैनन अनि पो अर्थतन्त्रमा पनि बिकास होला । ’ श्रेष्ठले बताए ।
संस्कृतीकर्मी श्रेष्ठका अनुसार पर्यटन बिकासका लागि गुरु योजना बनाएर अगाडी बढ्न सकियो भने राष्ट्रिय आम्दानीको धेरै प्रतिशत पर्यटन क्षेत्रले उठाउने कुरामा कुनै दुईमत छैन । पर्यटन व्यबसायलाई हरेक जनतालाई त्यहाँ मेरो पनि पसिना परेको छ भन्ने अनुभुति गराउन सकिएको खण्डमा पर्यटन व्यबसाय फस्टाउन समय नलाग्ने श्रेष्ठको दावी थियो ।
संस्कृतीकर्मी तीर्थ श्रेष्ठसँगको गन्थन हामी निरन्तर राख्दै जानेछौँ ।

कमेन्टहरु
Loading...