सञ्चार माध्यमले जनतालाई विकल्प दिएनन्–थापा

सागर राज तिमिल्सिना
पोखरा, ५ कात्र्तिक/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालका अधिकांश सञ्चार माध्यमले जनतालाई बैकल्पिक सूचना नदिएर अन्याय गरेको आरोप लगाएका छन् । चुनाव प्रचारको सिलशिलामा पोखरा आइपुगेका थापाले सञ्चार माध्यमले ठुला दलहरुको मात्र सचार सम्प्रेषण गरेको बताए । “ठुला दलहरुका असफल बिचारलाई मात्र प्राथमिकता दिने गरिएको छ ।’ थापाले भने–“राप्रपा नेपालको बिचार ठुला दलको बिकल्प हो तर यही बिचार जनता समक्ष पुर्याईदैन ।’
अध्यक्ष थापाले मंसिर ४ मा हुने संविधान सभा निर्बाचनमा नेपाली सेना परिचालन विगत कै निरन्तरता भएको बताए । ०६४ साल भन्दा अघिको निर्बाचनमा पनि नेपाली सेना परिचालन गरिन्थ्यो भन्दै थापाले अहिले सेना परिचालन गरियो भनेर अतिरन्जित गर्न खोजिएको दावी गरे ।
देशलाई हिन्दु राज्य बनाउने र राजतन्त्र फर्काउने नारा लिएर अध्यक्ष थापाले मेची–महाकाली राष्ट्रिय एकता यात्रामा निस्किएका छन् । एकता यात्राका क्रममा पोखरा आएका थापा आजै स्याङ्जा, पाल्पा हुँदै बुटबल हिडेका छन् । मेची महाकाली एकता यात्राका क्रममा २३ जिल्लाको एक सय भन्दा बढी स्थानमा सभा गर्ने कार्यक्रम छ । बसमा यात्रा गरिरहेका उनी यात्रा पुरा गरी कार्तिक १४ गते काठमाण्डौं फर्किने कार्यक्रम छ ।
 

कमेन्टहरु
Loading...