एकीकृत माओवादी क्षेत्र न.४ मा मोटरसाइकल ¥याली

पोखरा, ५ कात्तिक /एकीकृत माओवादीले कास्कीको निर्वाचन क्षेत्र न.४ मा आज विशाल मोटरसाईकल ¥यालीको आयोजना गर्दै छ । हेमजाबाट सुरु हुने मोटरसाईकल ¥याली हेमजाको याम्दीबाट सुरु भएको मिलनचोक, ढिकुरपोखरी, लुम्ले, काँडे, कास्कीकोट, सराङ्कोट, विन्ध्यवासीनी, सिम्पानी हुँदै याम्दीमा पुगेर समापन हुने बताइएको छ । ¥यालीमा १५ सय भन्दा बढी मोटरसाईकलमा तीन हजार युवा सहभागि हुने एमाओवादीका रिम बस्यालले जानकारी दिनुभयो। आज क्षेत्र न.४ कै हेमजामा वृहत युवा भेला समेत सम्पन्न भैसकेको छ । युवा भेलालाई सम्बोधन गर्दै उम्मेदवार गुप्तबहादुर हमालले एकीकृत माओवादीको पक्षमा देशव्यापी लहर चलेको बताउनुभयो । उहाँले माओवादीको घोषणापत्रमा युवाहरुलाई स्पष्ट सम्बोधन गरिएकोले पार्टीलाई जिताउने जिम्मा पनि युवाहरुको काँधमा आएको भनाई व्यक्त गर्नुभयो ।

भेलामा सयौं युवाहरु काँग्रेस, एमाले, राप्रपा परित्याग गरी एमाओवादीमा प्रवेश गरेका थिए । युवाहरुलाई उम्मेदवार हमाल, वाईसीएलका तमुवान संयोजक दीपक कोइराला रुपक, लगायतका नेताले अविर लगाएर स्वागत गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...