चर्चित गायक गायीका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तिज गीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।
डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनीमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको । पार्श्व स्वर स्मृति शाही, पुष्पा बोहरा र मुना रोक्काको रहेको छ ।
भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । अभिनयमा सारिका केसी, चक्र बम, रश्मि भट्ट, प्रह्लाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरी र दिप्ति रतालाले गरेका छन् ।
ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहकको रहेको छ ।
बिग परिवेश रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।