साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु खुल्ने

अन्तर्राष्ट्रिय सीमा साउन ३२ सम्म बन्द

सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता डा.युवराज खतिवडाले होटल सञ्चालन गर्न दिने निर्णय भएको बताए ।

साउन १५ गते देखी सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने गरि होटल खुल्न पाउने छन् ।

यस्तै ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालयहरु सोही दिन देखी खुल्ने भएका छन् ।

सरकारले भदौं १ गते देखी लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाका बन्‍दकाे अवधि साउन ३२ सम्म लम्ब्याउने निर्णय गरेकाे पनि मन्त्री खतिवडाले  जानकारी दिए ।

कमेन्टहरु
Loading...