पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

पर्वत, ३२ जेठ / पर्वतको कुस्मा नगरपापिलका वडा नम्बर ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राति परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।

शनिबार राति ३ जनाको शब पुरिएको अवस्थामा भेटिएको थियो भने आइतबार विहान दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शब आइतबार विहान भेटिएको हो ।

यस अघि शनिवार साँझै पहिरोमा पुरिएका ५८ बर्षिय तुलबहादुर थापा, उहाँकी श्रीमती मीन कुमारी थापा र नातिनि विविशा थापाको शब फेला परेको थियो । सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक बेपत्ता छन् ।

पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता
पर्वतमा पहिरो, ५ को मृत्यु, ४ बेपत्ता
कमेन्टहरु
Loading...