विरोध पछि पोखरा भित्रिने तरकारी र फलफूलको मापदण्ड निर्धारण

पोखरा, २० जेठ / पोखरा भित्रिने फलफूल तथा तरकारीले कोरोना आउन सक्ने भन्दै लगाएको रोकमा लगाइएकोमा विरोधपछि पोखरा महानगरपालिकाले छुट्टै मापदण्ड तय गरेको छ ।

महानगरले सोमबार कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको छ ।

सूचनामा फलफूल तथा तरकारीहरुको खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो भने खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारी साधनमा चालक र सहयोगी गरी २ जनाभन्दा बढी चढाउन नपाइने उल्लेख छ ।

यसअघि महानगरको जेठ ११ गतेको सर्वपक्षीय बैठकले कोरोना महामारी भित्रिन सक्ने भन्दै पोखरामा बाहिरी जिल्लाबाट तरकारी र फलफूल ल्याउन नदिने निर्णय गरेको थियो ।

जसअनुसार काभ्रे, चितवन लगायतका जिल्लाबाट पोखरा भित्राइएको तरकारी पोखरा १५ र ३३ का स्थानीयले नियन्त्रण लिएर खाल्डो खनी गाडेका थिए ।

पोखरा महानगरपालिकाको तरकारी तथा फलफुल ल्याउने बारेको सुचना
पोखरा महानगरपालिकाको तरकारी तथा फलफुल ल्याउने बारेको सुचना
कमेन्टहरु
Loading...