कास्की बाहेक अन्यत्रको तरकारी र फलफुल पोखरा भित्रन नदिन सिफारिस

पोखरा ११ जेठ / पोखरा महानगरले कोरोना संक्रमणको उच्च जोखिम र आगामी दिनहरुमा संक्रमण फैलिन नदिन कास्की जिल्ला बाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिने भएको छ ।

पोखरा महागनर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले बाहिरबाट आउने तरकारी र फलफुललाई आउन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिए ।

त्यसै गरि कोरोना भाइरसको संक्रमण फैलिदै गएको अवस्थामा पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गरेको छ । सबै वडामा ५० जना राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ । महानगरले हाल दुई वटा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

पोखराको मालेपाटनस्थित कृषिको होस्टेल र राल्पारोडस्थित लेकसिटि रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ । अगामी दिनमा थप ब्यक्तिहरु राख्नपर्ने अवस्थालाई मध्यनगर गदै सबै वडाका वडाअध्यक्षहरुलाई बढिमा ५० जना राख्न सकिने स्थानको छनोट गर्न तत्काल पत्राचार गर्ने निर्णय गरेका छौ उपप्रमुख गुरुङले भनिन्, ‘क्वारेन्टाइन सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी समेत वडाले गर्ने छ । त्यसका लागि आवश्यक स्वास्थ्य सेवाको ब्यवस्थापन महानगर स्वास्थ्य महाशाखाले गर्ने छ ।’ त्यस्तै महानगरले महिलाहरुका लागि छुटटै क्वारेन्टाइन बनाउने निर्णय समेत गरेको छ ।

महिलाका लागि एउटा छुटटै क्वारेन्टाइन स्थानको छनोट र ब्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन ब्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् । बैठकले पोखरा महानगरले उपलब्ध गराउदै आएको सुत्केरी पोषण सामाग्रीलाई जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

महानगरले लकडाउन सुरु भएयता सुत्केरी भएकाहरुलाई एक केजी ध्यू, एक केजी हर्लिक्स, एक लिटर तेल र नगद पाँच सय रुपैयाँ उपलब्ध गराउदै आएको छ । त्यस्तै लकडाउनका बेला महानगरले सुरु गरेको प्रसुती सेवा र मृगौला विरामीहरुलाई प्रदान गरेको निशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव किरण कोइरालाले बताए ।

महानगरले नगरबासीको स्वास्थ्य सेवालाई र भविष्यमा आइपर्ने समस्यालाई मध्यनगर गदै एम्बुलेन्स खरिद गर्ने भएको छ । कोरोना संक्रमण नियन्त्रण मुल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्वुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् ।

त्यस्तै हाल सञ्चालनमा रहेका एम्बुलेन्स मध्य २ वटा कोरोना संक्रमितको लागि मात्रै सञ्चालन गर्ने र अरु एम्बुलेन्स अन्य रोगका विरामीलाई ओसारपोरसारमा प्रयोग गर्ने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...