फाइल तस्बिर
पोखरा, १४ वैशाख/ आज (आइतबार) देशभर हावाहुरी, मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विद्ले सुझाव दिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौषम पुर्वअनुमानमा आज तराई पहाड सबैतिर हावाहुरीसहित वर्षा हुने रहेको जनाएको छ ।
अहिले बिहानैदेखि नै रहे पनि विशेष गरी दिउँसोपछि देशव्यापी रूपमा बढ्ने जनाएको छ । हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको मौसमविद्ले अनुमानमा छ ।
मौसमविद्का अनुसार अहिले देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्नाका साथै बंगालको खाडीरअरब सागरबाटसमेत जलवाष्पयुक्त हावा आइरहेको छ ।
यसैकारण यहाँ मौसम बदली, हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षाको विशेष सम्भावना बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनको मौसम अनुमान गर्ने गरको छ। त्यस आधारमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७७-०१-१४, बिहान ६:०० बजे)
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पुर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको देखिन्छ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ|
आगामी तीन दिनको मौसम पूर्वानुमानः
बैशाख 1४ गते (आईतबार)
दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख 1५ गते (सोमबार)
दिउँसोः देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देदेशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बैशाख 1६ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीः देदेशभर सामान्य बदली केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs):
पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ |