ठकुरीले पाले व्यवसायिक बंगुर पालन, चार महिनामै ९० किलोको बंगुर !

हिमाल लम्साल पोखरा,२१असोज /उमेरले ६३ पुगे पनि उनको जागँरमा कुनै कमी आएको छैन । भारतीय सेनाबाट अवकाश पाएपछि आफ्नै जन्मभूमीमा केही गर्ने सपना बोकेर फर्किएका कृस्तीनाच्नेचौर पात्लेढुङगाका दिलबहादुर सेनले चारबर्ष जति रेष्टुरेन्ट पेशामा हात हाले तर हात लाग्यो शुन्य तैपनि उनी विचलित भएनन । केही गर्ने जोस उनमा कायमै रहेपछि उनले छिमेकी गाउँ भरतपोखरीमा रहेको सानाकृषक बहुउद्देश्य सहकारी सस्था मार्फत २ लाख ऋण काढेर आफ्नै घर गाउँमा व्यवस्थित खोर बनाएर व्यवसायिक बंगुरपाल्न थाले ।

Pig bangur‘ठकुरीको छोराले बंगुर पाल्यो भनेर गाउँले खिसि गर्छन की भन्ने डर थियो तर त्यसो भएन ।’ दिलबहादुर सेनले बंगुरपालन थाल्दाको क्षणको सम्झना गर्दै भने ‘भारतीय सेनाको जागिरे भएपनि गाउँमै केही उद्यम गर्नुपर्छ भनेर यो व्यसाय रोजेको हुँ ।’ कृस्तीनाच्नेचौरका दिलबहादुर २ लाख ऋण काढेर घर नजिकै व्यवस्थित बंगुरको खोर बनाउन लागे भने पत्नी मञ्जु सेनलाई हेमजामा बंगुरको बच्चा खोज्न लगाए । गाउँमा हुने विभिन्न सामाजिक कार्यमा सक्रिय ५२ वर्षे मञ्जु ठकुरीले भनिन् ‘गाउँमा विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा व्यवसायिक बंगुर पाले मनग्ने फाइदा हुन्छ भनेर थाहा पाएपछि व्यवसायिक पालनमा लाग्न उत्प्रेरित भए ।’

सुरुवातमा १० बटा बंगुरबाट व्यवसायिक पालन थालेका ठकुरी दम्पत्तिले बंगुर पालनमा जुटेका उनको परिवार बंगुर पालन कृषकको रुपमा देखिएका छन् । दिलबहादुर सेनले भने ४ महिनामै बंगुर सोचेभन्दा धेरै राम्रो हुर्दै गएको बताए । ठुकुरीको बंगुर यतिबेला मासुको लागी बेच्नको लागी तयार भएपनि केही समय पश्चात बेच्ने सोचाईमा रहेको बताए । ठकुरीले एकै सिजनबाटै व्यवसायिक सञ्चालन गर्दाको ऋण तिरेपछि अझै केही कामदार नै राखेर बंगुरको व्यवसायिक पालन गर्ने सोचाईमा रहेको बताए ।‘पहिलो सिजनमा राखेको बंगुर विक्री पछि सकभर ऋण चुक्त्ता गर्छु ।’ उनले भने ‘ऋण चुक्त्ता नभएसम्म आफै खट्छु ।’ बंगुरको व्यवसायिक पालन सँगै माछा तथा तरकारी खेतीमा अगाडि बढ्ने योजनामा रहेको ठकुरीले सुनाए ।

‘बंगुरलाई गाउँघरकै कर्कलो, जमुनो र स्थानिय पाण्डाहरु खुवाउँछौ ।’ दिलबहादुरले भने ‘स्थानिय चोकर, डुटो खुवाएका छौं त्यसैले बगुंर छिटो ठूलो हुर्दै आएको छ ।’ ठकुरीले आफूले पाएको बंगुर ४ महिनामा नै झण्डै ९० केजीको भन्दा अझै ठूलो भएको दावी गरे । प्राय बंगरको खोरबाट दुर्गन्धित गन्ध आउने गरेपनि ठकुरीको बंगुरफार्मलाई अन्डरग्राउण्डबाट फोहोर व्यवस्थापना गराउँदै आएकोले खोरबाट दुर्गन्ध नफैलिने ठुकुरीको भनाई रहेको छ । ‘बजारको अभाव छैन तर खोरबाटै किन्छौ भनेर व्यापारीहरुको ओइरो लागेपछि केही समय पछि बंगुर बिक्री गर्ने सोचाईमा रहेको ठुकुरीले जानकारी दिएका थिए । ‘बाघबाट जोगाउन भित्र अलग्गै खोर बनाएका छौ ।’ मञ्जुले भनिन् विहानबेलुका बाहिर व्यवस्थित खोरमा राख्छौ तर बेलुका त बाघको डरले भित्रै थुन्ने गर्छाै ।’ भविष्य निर्माण उच्च माविमा पढाउँदै आएका स्थानिय शिक्षक बालकृष्ण कार्कीले ‘गाउँकै इमान्दार र मेहनती कृषक भएको बताउँदै उनले भने– ‘कामको खोजी गरिरहने गाउँकै उद्यमी हुन ।’

कमेन्टहरु
Loading...