पोखरा, १९ पुस / समस्या पत्ता नलाग्दा पोखराको विद्युत गएर हैरान भएको छ । पोखरा लेकसाइडको तर्फको विद्युत शुक्रबार साँझ देखी राति सम्म पटक पटक विद्युत गएर हैरान भएको छ ।
शनिबार बिहान साढे पाँच बजे देखी यो क्षेत्रमा विद्युत करिब साढे ८ बजे मात्रै आएको थियो तर करिब ५ मिनेट विद्युत आएपछि फेरी गएको छ ।
विद्युत प्राधिकरण पोखराका अनुसार पोखरामा समस्या पत्ता नलागेका करण विद्युत आउने जाने भएको बताए । समस्या पत्ता लाग्ने वित्तिकै समस्या समाधान हुने जनाएको छ ।