पत्रकार पाठक र ढुङगानालाई प्याराग्लाइडिङको सम्मान

पोखरा, १९ मंसिर / नेपाल हवाई खेलकुद संस्थाको आज पोखरामा आयोजित आठौं अधिवेशन तथा १७ औं वार्षिक साधारणसभामा नेपालको पर्यटनको विकासमा प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा जोड दिइएको छ ।

साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशी पर्यटकको रोजाइमा प्याराग्लाइडिङ पर्ने गरेको बताउँदै कार्यक्रमका बक्ताहरूले पोखरामा त यो पर्यटनको पर्याय जस्तै बनेको बताए ।
कार्यक्रममा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले प्याराग्लाइडिङलाई अझै व्यवस्थित एवम् प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल हवाई खेलकुद संस्थालाई विभिन्न अधिकार प्रत्यायोजन गरिसकिएको बताउँदै पछिल्ला समयमा यसको व्यवस्थापनको पाटो व्यवस्थित बन्दै गएको बताउनुभयो ।

पछिल्ला समयमा नेपालमा प्याराग्लाइडिङ पाइलट तयार गर्ने गरी शिक्षालय स्थापना भएको बताउँदै उहाँले उडान सुरक्षा जस्ता कुरालाई अmझै व्यवस्थित गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखरामा प्याराग्लाइडिङ सञ्चालन हुने वा नहुने सम्बन्धमा कार्यदलले अध्ययन गरिरहेको बताउँदै उहाँले अध्ययनको प्रतिवेदन पछि मात्रै उक्त विषय टुङ्गो लाग्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले पोखरा र प्यारग्लाइडिङ पर्याय जस्तै बनेको बताउँदै अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भए पछि पनि यसको दीगोपनाका लागि सम्बद्ध सबैबाट पहल गरिने बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष योगेश भट्टराई, प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारी, संस्थाका महासचिव बसन्तराज दवाडी, उपाध्यक्ष कृष्णप्रसाद भण्डारी, पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगत पहारी, १८ का वडा अध्यक्ष रणबहादुर थापा लगायतले पोखरामा प्याराग्लाइडिङले पर्यटकलाई आकिर्षत गरेको बताउँदै यसको दीगोपनाका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।

सञ्चारकर्मी सम्मानित

साधारणसभाकै अवसरमा हवाई खेलकुदका क्षेत्रमा समाचार सम्प्रेषणका माध्यमबाट योगदान पु¥याएको भन्दै आज पोखरा स्पोष्र्टस् डटकमका सम्पादक केशव पाठक र एभिन्युज टेलिभिजनका गण्डकी ब्युरो प्रमुख सुमन ढुङ्गानालाई सम्मान गरिएको छ ।

उहाँहरूलाई जनही १५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट सम्मान गरिएको हो । उक्त अवसरमा हवाई खेलकुदका क्षेत्रमा योगदान गरेका अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...