नेपाली हिपपका धेरै कलाकार एकै स्टेजमा

पोखरा, असोज ११/पर्यटकिय नगरी पोखरामा नेपाली हिपपका धेरै कलाकारहरु एकै स्टेजमा देखा पर्ने भएका छन् । नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा युवाहरुलाई लक्षित गरि पोखरा स्टनस्को आयोजनामा शनिवाार साँझ पोखराको फुलबारी रिर्साेटमा नेपाल हिपप सांंगितिक कार्यक्रम हुने भएको छ ।

नेपाली हिपपका धेरै कलाकारहरुलाई एकै थलोमा उतारेर युवालाई सांगितिक कार्यक्रम प्रस्तुत गर्न लागेको पोखरा स्टनस्का अध्यक्ष नविन गुरुङले बताए । कार्यक्रममा जि एक्स सोल, लाहुरे, एम बुद्ध, डिजे सुरेश,अण्डरडग,एटिच्युट एडी लगाएतका हिपप कलाकार तथा ब्याण्डको विशेष प्रस्तुती रहने स्टनस्ले जनाएको छ ।

कमेन्टहरु
Loading...