मिस डायनामिकको उपाधि शानिया सुनारलाई

पोखरा, ६ असोज /मिस डाईनामिक–२०७० को उपाधि शानिया सुनारले जितेकी छिन । स्टार टिम वर्कको आयोजनामा शनिबार पोखरा सभागृहमा बेलुका सम्पन्न भएको प्रतियोगितामा १३ प्रतियोगिहरुलाई पछि पार्दै २० बर्षीय सुनारले उपाधि सहित हाडर्फाेर्ड फेन्सिङ स्कुटर प्राप्त गरीन । यदी तपाई मिस डाईनामिक हुनु भयो भने के गर्नु हुन्छ ? भन्ने फाइनल चरणको अन्तिम प्रश्नमा सुनारले आफु मिस डाईनमिक भएमा जातिय विभेद विरुद्ध लाग्दै महिला शसक्तीकरणमा आफ्नो भुमिका रहने बताएकी थिईन । भाषणकला सहित दुइ टाईटल पाएकी विजेता सुनार पोखरा एर्यरपोटमा बस्दै आएकी छन ।

प्रतियोगितामा फष्ट रनर अफमा कास्की लेखनाथकी अनु गहतराज भईन भने सेकेण्ड रनर अफमा स्याङजा फेदीखोलाकी सुजता परियार घोषित भईन । फष्ट रनर अफलाई गिफ्टह्याम्पर सहित १० हजार र सेकेण्ड रनर अपलाई ५ हजार पुरस्कार समेत प्रदान गरीएको थियो । “हाम्रो जीवनशैलीमा परिवर्तन” भन्ने मुलनाराका साथ आयोजना भएको प्रतियोगितामा देशको विभिन्न स्थानबाट छनौट भएका १४ जना युवतीहरु सहभागि भएको प्रा.लिका कोषाध्यक्ष राजेन्द्र नेपालीले बताए ।miss dynamick

प्रतियोगिताको निर्णायक मण्डलमा पुर्व मिस नेपाल निलिमा गुरुङ, राष्ट्रिय सौदर्यकर्मी युनियन नेपाल कास्कीका अध्यक्ष सुमन गुरुङ, डान्स कोरीयो ग्राफि महेश गोदार, सञ्चारकर्मी सञ्जल मल्ल र विमला भण्डारी रहेका थिए । प्रतियोगिताको कोरीयो ग्राफिमा सृजना परियार रहेकी थिईन । अवसरमा बरिष्ठ चलचित्र तुलसी घिमिरे सहित ५ जना सम्मानित भएका छन । नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै घिमिरेलाई प्रालिले सम्मान पत्रको साथमा खादा लगायर सम्मान गरेको हो । त्यसै गरी सम्मानित हुनेहरुमा कास्कीका प्रहरी प्रमुख एसपी केदार रिजाल, समाजसेवि चमेली खाती, कृष्ण कार्की र जानकी खड्का रहेका छन ।

सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुराएको भन्दै उनीहरुलाई सम्मान गरेको कार्यक्रम संयोजक प्रकाशदिप नेपालीले बताए । प्रतियोगिताको मुख्य प्रायोजन ग्लोबल मोर्टस प्रा.लि.ले गरेको थियो भने प्रायोजकहरुमा जयलक्ष्मी सुन चाँदी दुकान, होटल लिवर्टी, शुभ बाँसवारी छाला जुत्ता उद्योग, गिरी गेष्ठ हाउस, भिजन थेरापी सेन्टर, एक्सिलेन्ट सटिङ सुटिङ, अर्घाै कालिका सुन चाँदी दुकान,बाराही साबुन उद्योग रहेका थिए । आम सिर्जनशिल वर्गका युवतीको क्षमता अभिवृद्धि गर्ने उदेश्य कार्यक्रम आयोजना गरीएको प्रा.लिका प्रवन्ध निर्देशक प्रेम बहादुर परियारले बताए ।

कमेन्टहरु
Loading...