पोखरा क्षेत्रीय विमान स्थलको निर्माण कार्य अविलम्ब थाल्न पर्यटन व्यवसायीको माग

पोखरा,३१ भदौ/नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, पश्चिमाञ्चल क्षेत्रिय कमिटीले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको सम्वन्धमा चिनिया पक्षसँग अगाडी बढेको प्रक्रियालाई तिवृता दिँदै अविलम्ब सम्झौता गरी निर्माण कार्य प्रारम्भ गर्न माग गर्दै पर्यटनमन्त्री रामकुमार श्रेष्ठ सोमबार ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा पर्यटनलाई अन्य उद्योग सरह मान्यता दिने र सेवा सुविधा पनि सोही सरह उपलब्ध गराउनु आग्रह गरिएको छ ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने सरकारी नीति नरहेको वास्तविकतालाई ध्यानमा राखी सवारी ऐन २०४९ लाई पर्यटन, ऐन २०५३ सँग मिल्ने गरी शंशोधन गर्न र आन्तरिक पर्यटकहरु निर्वाध रुपमा पर्यटन सवारीमा यात्रा गर्न पाउने कुराको सुनिश्चितता प्रदान गर्न संगठनले माग गरेको छ । संगठनको अध्यक्ष गोविन्दराज पहारीका अनुसार ज्ञापनपत्रमा फेवाताल लगायतका तालहरुको संरक्षणको आवाज उठिरहेको अवस्थामा पटक पटक समिति बनाउने र त्यस्ता समितिले दिएका प्रतिवेदन दराजमा थन्क्याउने परिपाटी रहेकोमा आपत्ति प्रकट गरिएको छ ।Pokhara-Regional-Intl-Airport

ज्ञापनपत्रमा त्यस्तो क्रमलाई बन्द गरी फेवातालको बारेमा नेपाल सरकारबाट २०६८ साल फागुन १४ गते गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्नु पर्ने र अन्य तालहरुकोे सम्वन्धमा पनि आवश्यक निर्णय गरी कार्यान्वयन गर्न आग्रह् गरिएको छ । संगठनका केन्द्रीय उपाध्यक्ष बासु त्रिपाठीले यस क्षेत्रमा रहेका विश्वप्रसिद्ध पदयात्रा मार्गहरुलाई संरक्षण गर्ने तर्फ विशेष ध्यान दिन मन्त्री श्रेष्ठलाई आग्रह गरेको जानकारी दिए । एक्याप क्षेत्रको प्रवेश अनुमती पत्र तथा टाइम्सलाई नियमित तीन महिनासम्म लागु हुने गरी मल्टिपल इन्ट्रिको मान्यता दिन आग्रह गर्दै ज्ञापनपत्रमा पदयात्रा मार्गहरुको संरक्षण, बैकल्पिक मार्गको खोजी र विकासमा निश्चित योजना बनाइ कायान्वयन गर्न माग गरिएको छ ।

पोखरा उपत्यकामा रहेका दृश्यावलोकन स्थलबाट उठ्ने रकम पोखरा उपमहानगरपालिका लगायतका स्थानिय निकाय मार्फत एकद्वार प्रणालीमा ल्याउनु आग्रह गर्दै ज्ञापनपत्रमा स्थानिय संघ संस्थाको चासोलाई सम्वोधन गर्दै त्यस्तो रकमलाई पर्यटन पवद्र्धनको लागी बास्केट फन्ड स्थापना गरी कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।
ज्ञापनपत्रमा पोखराको ऐतिहासिक स्थलको रुपमा रहेको प्राकृतिक रुपले समेत रमणीय र संवेदनशील फेवातालको किनारमा अवस्थित १ सय ३७ रोपनी जग्गामा विस्तारित रत्न मन्दिर परिसरलाई संक्रमणकालको नाजायज फाइदा उठाउने बानी परेका शक्तिहरु व्यक्तिगत ÷समुहगत फाइदाका लागि नीति निर्माणको तहमा रहेका व्यक्तिहरुलाई गलत रिपोटिङ्ग गरेर व्यापारीक प्रयोजनमा ल्याउने प्रयास गरिरहेकोमा आपत्ति प्रकट गरिएको छ ।

देशमा भएका सबै संपदाहरुलाई व्यापारीक प्रयोजनको दृष्टिले मात्र हेर्न नहुने उल्लेख गर्दै ज्ञापनपत्रमा रन्नमन्दिर परिसरको अधिकांश जग्गा फेवातालको किनारमा ६५ मिटर छाड्नु पर्ने मापदण्ड भित्र पर्ने अवस्थामा पूर्वाधार निर्माण गर्न नहुने उल्लेख गरिएको छ । ज्ञापनपत्रमा सो रत्न मन्दिरमा कुनै पनि हालतमा यो सम्पदालाई व्यक्तिगत वा सामूहिक रुपमा होटल बनाउने वा यस्तै व्यापारीक प्रयोजनका लागि दिन नहुने संगठनका माग रहेको उल्लेख छ ।

कमेन्टहरु
Loading...