स्पोर्टस् अवार्डलाई गण्डकी सरकारबाट ५ लाख सहयोग

पोखरा, १७ जेठ/ गण्डकी प्रदेश सरकारले नेपाल खेलकुद पत्रकार मञ्चगण्डकीले आयोजना गर्ने टीभीएस अपाचे चौथो पोखरा स्पोर्टस् अवार्डलाई ५ लाखदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले पोखरा स्पोर्टस् अवार्डलाई ५ लाख रुपैयाँदिने निर्णय गरेको सरकारका प्रवक्ताभौतिकपूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

मञ्चको टोलीले अघिल्लो महिनामुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई भेट गरी प्रदेशकै गौरवको कार्यक्रम रहेकोले सहयोगको लागिअपील गरेको थियो । सो रकम सहयोग गर्ने निर्णयले मञ्चले आभार प्रकट गरेको मञ्चअध्यक्ष एकराजगिरीले बताए ।

पोखरा सभागृहमा जेठ २४ गते हुने स्पोर्टस् अवार्डको लागिविगतमाझैं यसपालिले पनिविभिन्न संघसंस्थाले सहयोग गर्ने प्रतिबद्धताजनाएकाछन् । कार्यक्रमलाई अघिल्लो सम्झौताअनुरुप बतास ब्रदर्श प्रालिले मुख्यप्रायोजन गर्दै वर्ष खेलाडी पुरुषलाई टीभीएस मोटरसाइकल र वर्ष खेलाडीमहिलालाई विगो स्कूटर प्रदान गर्ने भएको छ ।

यस्तै, पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) १ लाख, नेपाल पर्यटनबोर्ड ५० हजार,रुपागाउँपालिका२५ हजार, सांसद मीना गुरुङ (हङकङ व्युटीइन्स्टिच्युटप्रालि) २५ हजार, फेदीखोलागाउँपालिका २५ हजार, पोखरा १० निवासी स्व. हेमबहादुर पुनको स्मृतिमाउनको परिवारबाट २५ हजार,सहारा क्लबपोखराले १० हजार सहयोग घोषणा गरिसकेका छन् ।

यस्तै, पोखरा कन्क्रिटकन्सर्न प्रालिद्वारा वर्ष उत्कृष्टप्रशिक्षकको लागि २५ हजार,सांसद राजीवपहारीबाटवर्ष उत्कृष्टपत्रकारिताअवार्डको लागि २० हजार, हेल्थ अपडेट मासिकबाटवर्ष उत्कृष्ट खेल संघको लागि १५ हजार रुपैयाँनगदर सामसङ मोवाइलवल्र्ड वाइड कनेक्सनबाट २ थान मोवाइलप्रायोजन भैसकेको आर्थिक संकलनउपसमिति संयोजकशशिकुमार पौडेलले जानकारी दिए ।

कार्यक्रमको लागिकास्कीकाअन्यगाउँपालिका, क्षेत्रीय खेलकुदविकास समिति, जिल्ला खेलकुदविकास समिति, कास्की, पोखरा वाटर सप्लायर्स, कास्कीजिल्लाबास्केटबल संघ, पोखराखानेपानी संस्थान,पोखरा महानगरपालिकावडा३, ५, ७ र ८, राखेप सदस्य राजेश गुरुङ, एन्फाकास्कीअध्यक्षमिलन गुरुङ, चिल्लीबार, माउन्ट व्लू टुरिष्टहोष्टललगायतले सहयोगको प्रतिबद्धताजनाएकाछन् ।

चौथो संस्करणको सो स्पोर्टस् अवार्डमा विभिन्न ८विधामाअवार्ड प्रदान गरिने छ । मञ्चले लाइफटाइमअचिभमेन्टअवार्ड यसपालिचित्रबहादुर गुरुङलाई प्रदान गर्ने घोषणा गरिसकेको महासचिवविजय नेपालले बताए ।

यस वर्ष थपवर्ष चर्चित खेलाडीको लागिएसएमएस थालिएको मञ्चउपाध्यक्षएवं प्रविधि संयोजक रञ्जन अधिकारीले जनाए ।

कमेन्टहरु
Loading...