पोखरा प्रिमियर लिगका (PPL) लागि पीच नियाल्दै पारस

पोखरा, ७ कार्तिक/ पोखरा प्रिमियर लिग (PPL ) नजिकिदैं जादाँ खेलाडीदेखि आयोजक प्रायोजकको मुटु धडकिदैं गएको छ । लामो समय मैदान मर्मतमा खर्चिएको छ । क्रिकेटको लागि पीच सबैभन्दा महत्वपूर्ण हो । त्यसपछि आउटफिल्ड ।

दुई दिनमात्रै बाँकी रहदाँ नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का यतिबेला पोखरा रंगशालाको क्रिकेट मैदानमै घुमिरहेका छन् । पीच र आउट फिल्ड चेक गरिरहेका छन् । पीच र आउटफिल्डमा कुनै गुन्जायस नहुने गरी काम गर्न क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले निर्देश गरिरहेको छ । यद्यपी पारसले दुईदिन पोखरा रंगशालाको क्रिकेट मैदानलाई भने निरिक्षण गरिरहेका छन् ।

फ्रेन्चाईज शहर चितवन राईनोजका कप्तान समेत रहेको पारसले पीच नियाल्न मंगलबार विहान पोखरा पुगे । केही समय उनले पीचलाई नियाले । आउट फिल्ड पनि बल फालेर टेष्ट गरे । मैदान मर्मत सम्भारमा लामो समयदेखि जुट्दै आएका पीच क्युरेटर प्रदीप राउत अब पीचलाई पानी छर्कदैं रोलर लगाउनुपर्ने बताउँदै आएका छन् । उनको बुझाईमा आउटफिल्ड तयार भईसकेको छ ।

केवल पीचलाई मात्रै रोलिङ गरिरहनुपर्ने अवस्था छ । सर्वाधिक पुरस्कार राशीको दावी गरिएको प्रिमियर लिगमा मैदानमा खोट लगाउन ठाँउ हुन नहुने उनको ठम्याई थियो । कप्तान पारसले भन्दै आएका छन्–पाँच वर्षअघिको मैदान र अहिले धेरै फरक रहेको भन्दै आगामी दिन अझै भौतिक पुर्वाधार बन्दै गए क्रिकेटको माहौल बन्दै जाने छ ।

क्युरेटर राउतका अनुसार कार्तिक ८ गते प्रतियोगिताको पुर्वसन्ध्यामा पीचको टेष्ट गरिने छ । बलिङ गरेर पीच निरिक्षण गरेपछि फाईनल हुने उनको भनाई थियो । सहभागि टोलीले सोही मैदानमा प्रशिक्षण समेत गर्ने छन् । छ वटै फ्रेन्चाईज टोलीका कप्तानको उपस्थितिमा पीचमा बलिङ गरेर परीक्षण गरिने छ । कार्तिक ९ गतेदेखि प्रतियोगिता शुरु हुने छ ।

#पोखरा प्रिमिय लिगको तयारी यस्तो #ppl #pokhara premier league

पोखरा प्रिमिय लिगको तयारी यस्तो

Posted by Ganthan.com on Monday, October 22, 2018

कमेन्टहरु
Loading...