पोखरा, १० असार /पोखराको मदरल्याण्ड माविका ५ जना विद्यार्थीले ४.० जिपिए प्राप्त गरेका छन् । पोखरा मासबारमा रहेको मदरल्याड माविका पोखरा १७ की बर्षा बराल, पोखरा ५ का प्रयास पौडेल, पोखरा ७ की कृति बराल, पोखरा ५ की झरना पौडेल र सर्लाही जिल्लाका रन्जनकुमार यादवले ४ जीपीए ल्याएका हुन् ।
देशैभरबाट २४ विद्यार्थीले ४ जीपीए ल्याएकोमा पोखराको मदरल्याडबाट सहभागी ५ विद्यार्थीले ४ जिपीए ल्याएको मदरल्याड माविका प्रिन्सिपल नारायण बरालले बताए । उनले परीक्षाको नतिजाले विद्यालय परिवारमा खुशीको ल्याएको बताए ।
विद्यालयबाट १ सय ५० विद्यार्थी परीक्षामा सहभागी भएकोमा १ सय ७ ए प्लस, ३५ ए र ८ जना बि प्लसमा उत्तीर्ण भएको उनले बताए ।
त्यसै गरि पोखराको फिस्टेल एकेडेमीका सुशान्त रानाभाटले पनि ४ जीपीए ल्याउन सफल भएका छन् ।