पोखरामा पहिलोपटक कविता मञ्चन

पोखरा, १६ साउन/पोखराको ईतिहासमै पहिलोपटक कविता मञ्चन हुने भएको छ । केहि समय अगाडी नाटक ‘अन्तराष्ट्रिय रक्सीभट्टी’ मञ्चन गरेको यूथ क्रियशन थिएटरले पोखरामा कवितालाई मञ्चन गर्न लागेको हो । युथ क्रियशन थिएटरले दोस्रो प्रस्तुतीमा कविता मञ्चन गर्न लागेको हो । व्यवस्थापकिय पक्ष थिएटरले हेर्ने गरि कविता मञ्चनको आयोजना ‘सम्मोहन’ पत्रिकाले गरेको हो ।
साउन १९ गते शनिबार लिचि बोट पार्टी प्यालेस गैरापाटनमा मञ्चन हुने कविता कवि तथा नाटककार कृष्ण उदासीले लेखेका हुन् । उदासीको नवौँ कृति हिँउ फुल्ने गाउँहरुमा समावेश कवितालाई अर्का नाटककार पुरु लम्सालले नाटकमा रुपान्तरण गर्दैछन् । कविता मञ्चनसंगै सोहि दिन कृष्ण उदासीको नवौँ कृति ‘हिउँ फुल्ने गाउँहरु’को विमोचन समेत हुने युथ क्रियशन थिएटरले जानकारी दिएको छ ।
कविता संग्रह ‘हिउँ फुल्ने गाउँहरु’मा समावेश ‘आमाको मुच्र्छना’ र ‘स्मृती’लाई मञ्चन गरिने युथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्मा ‘संजोग’ले जानकारी दिए । कवितामा युथ क्रियएशन थिएटरकै कलाकारहरुले अभिनय गर्ने उनले बताए । निशुल्क रुपमा प्रदर्शन गरिने ‘नाटक–कविता’ हेर्न आउनका लागी उनले सबैलाई निम्तो समेत दिएका छन् ।
कृष्ण उदासीको नवौँ कृति ‘हिउँ फुल्ने गाउँहरु’मा ५७ वटा कविताहरु समावेश छन् । सम्मोहन साहित्यिक पत्रिकाले प्रकाशनमा ल्याएको कविता संग्रहमा शास्त्रिय, लोक, गद्य छन्दका कविताहरुसंगै समसामयिक विषयवस्तुमा आधारित व्यङ्ग कविताहरु समेत समावेश गरिएको कवि कृष्ण उदासीले बताए ।
उदासीले यसअघि नाटक अन्तिम संहार, अग्निकुण्ड र युद्धपिरामिड प्रकाशनमा ल्याईसकेका छन् । त्यस्तै कविता अंशुमाला र अक्षरजिवी, एक हुल कल्र्याङकुर्लुङ, मैँयामाला, गजलसंग्रह परविन्दा र उपन्यास मुक्ति सँघर्ष उनका यसअघिका कृतिहरु हुन् । उदासीले १४ भन्दा बढि मञ्च नाटक र २६ भन्दा बढि रेडियो नाटकको निर्देशन गरिसकेका छन् ।

कमेन्टहरु
Loading...