कास्कीमा ६७ प्रतिशत बढि मत खस्यो, गणना भोलि देखि

सागर राज तिमिल्सिना
पोखरा, २१ मंसिर/कास्कीमा बिहीबार भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनामा ६७ प्रतिशत भन्दा बढि मत खसेको प्रारम्भीक परिणाम आएको छ । क्षेत्रिय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुबेदीले ६७ प्रतिशत खसेको बताए । उनले आज राति अबेरसम्म मतपेटीका आउने र भोली दिऊसोबाट मतगणना गरिने बताए ।

सबै मतदान केन्द्रका मतपेटिकाहरू राति १ बजेसम्म मतपेटिका आइपुग्ने बताए । भोली विहान सर्बदलीय बैठक बोलाइने मतगणना सुरु गर्ने उनले जानकारी दिए । कास्कीमा २ लाख ५५ हजार ४ सय ५२ मतदाता छन् । कुल १ सय ५० मतदानस्थलमा ३ सय १७ मतदान केन्द्र रहेका थिए । कास्कीमा १७ दल र स्वतन्त्र गरी कुल ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश ४ का ५ जिल्ला कास्की, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरमा ६ सय ७१ मतदान स्थल रहेका छन् । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाको मतगणना सुरु भएको छ ।

कमेन्टहरु
Loading...