८८ केजी सुनमा कमिसनबारे प्रहरीभित्र विवाद

काठमाडौं, २१ भदौ /८८ केजी बरामद सुनको कमिसनको विषयलाई लिएर प्रहरीबीच विवाद सुरु भएको छ । वरिष्ठ प्रहरी अधिकारीले प्रतिवेदनकलाई थोरै व्यक्तिको मात्र नाम राखेपछि अपराध महाशाखाका प्रहरीबीच विवाद देखिएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीले थोरै व्यक्तिको मात्र नाम प्रतिवेदनकमा राखेपछि विवाद भएको स्रोत बताउँछ ।
पछि एसएसपी दिवस लोहनीले महाशाखामा कार्यरत अन्य प्रहरीको पनि नाम थपेर पठाएका थिए । प्रहरी र सुराकी दिनेले १० लाख रुपैयाँसम्म कमिसन पाउँछन् ।

कमेन्टहरु
Loading...