बाजुरा, अछाम र बझाङमा झडप, तीन केन्द्रमा मतदान अवरुद्ध

अछाम, १३ असार /दलका कार्यकर्ता बीच झडप भए पछि बाजुरा, बझाङ र अछामका दुई केन्द्रमा मतदान अवरुद्ध भएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को पाण्डु उच्च मावि केन्द्र पडेसमा कांग्रेस र एमालेबीच झडप भएको हो। झडपमा कांग्रेस उम्मेदवार प्रेम खड्का समेत घाइते भएका छन् । एमाले कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप छ ।

यस्तै अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रण्मा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ ।

स्थिति तनावपूर्ण भएपछि मतदान कार्य स्थगित भएको छ । मेल्लेखमा माओवादी र कांग्रेसबीच तालमेल छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ । दुई दिनअघि एमाले ७ नम्बर प्रदेश संयोजक भीम रावलले मेल्लेख पुगेर कार्यकर्ता उत्तेजित पारेको आरोप माओवादीले लगाएको छ ।

त्यसै गरि बाजुरामा कांग्रेस र एमालेका कार्यकार्ताबीच कुटाकुट भएको खबर प्राप्त भएको छ । झडपमा परि मेयरका उम्मेदवार घाइते भए पछि अस्पताल भर्ना गरेको जानकारी प्राप्त भएको छ ।

कमेन्टहरु
Loading...