कीर्ति स्मृती पत्रकारिता पुरस्कार युवराज घिमिरेलाई

पोखरा, ११ चैत / नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिवहादुर केसीको स्मृतीमा सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृती पत्रकारिता पुरस्कार पहिलो पटक पत्रकार युवराज घिमिरेलाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रवार वसेको वैठकले तीन दशक भन्दा वढी समय पत्रकारिता गरेका घिमिरेलाई उक्त पुरस्कारले सम्मान गर्ने निर्णय गरेको नेपाल पत्रकार महासंघ कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जानकारी दिए । पुरस्कारको राशि नगद रु एक लाख ११ हजार एक सय ११ रुपैया नगद सहित सम्मानपत्र रहेको छ ।

उक्त पुरस्कार समाजसेवी स्वर्गीय कीर्तिवहादुर केसीको जन्मजयन्तीमा चैत १९ गते अक्षयकोषका दाता एवं समाजसेवी सुर्यवहादुर केसीले एक समारोहका वीच पत्रकार युवराज घिमिरेलाई प्रदान गर्ने महासंघ कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठले वताए । हरेक वर्ष राष्ट्रिय स्तरको पुरस्कार संचालनका लागी सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टले यस अघि नै नेपाल पत्रकार महासंघ कास्कीको नाममा एघार लाख एघार हजार एक सय ११ रुपयाको अक्षयकोष स्थापना गरेको छ ।

पत्रकार घिमिरेलाई उक्त पुरस्कारले सम्मान गर्न यस अघि गठित कीर्ति स्मृती पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिले महासंघ कास्कीलाई सिफारिश गरेको थियो । छनौट समितिमा महासंघ कास्कीका सल्लाहकारहरु वद्रीविनोद प्रतिक, रामकृष्ण ज्ञवाली, रमेश पौडेल, सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टका तर्फवाट किरण केसी र सन्तवहादुर गुरुङ, महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, र महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सेना सदस्य सचिव रहेका थिए ।

सन १९८० देखी पत्रकारिता सुरु गरेका घिमिरे हाल काठमाण्डौवाट प्रकासित अन्नपुर्ण पोष्ट दैनिकको प्रधान सम्पादक रहेर काम गरिरहेका छन् । भारतको पटनामा वसेर युनाईटेड न्युज एजेन्सीवाट उनले पत्रकारिताको सुरुवात गरेका थिए । उनले विविसि नेपाली सेवाको संवाददता, कान्तीपुर दैनिक र दि काठमाण्डौ पोष्ट र समय साप्ताहिकमा यस अघिनै संपादकको रुपमा काम गरिसकेका छन् । उनी नागरिक दैनिकको सस्थापक सम्पादक समेत हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले अहिलेपनी भारतको ईण्डीयन एक्स्प्रेसमा साप्ताहिक रुपमा स्तम्भ लेख्दै आएका छन् । यस वाहेक उनले शुन्य समय नामक पुस्तक लगाएत थुप्रै कीर्तिहरु प्रकासनमा ल्याएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय सभा समारोहमा धेरै पटक सहभागिता जनाईसकेका छन् ।

कमेन्टहरु
Loading...