विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यवद्धताका लागि कार ¥याली

पोखरा, २९ माघ/ कास्कीको पर्यटकीय स्थल पुम्दीकोटमा निर्माणाधिन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीका साथ पोखरेली जनसमूदायले ऐक्यवद्धता प्रकट गरेका छन् ।

मूर्ति निर्माण अभियानलाई साकार पार्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञ समेतको सन्दर्भ पारी पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण एवम् पर्यटन प्रवद्र्धन उपभोक्ता समितिको संयोजनमा लगभग २५० कार र ३०० मोटरसाइकल सहितको ¥यालीले पोखरा क्षेत्रको परिक्रमा गरेको थियो ।

पोखराको छोरेपाटनबाट सुरु भएको ¥याली विरौटा, ड्यामं साइड, सहिदचोक, फेवाताल, हल्लनचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुङ्गा, पृथ्वीचोक, एयरपोर्ट हुँदै स्याङजा कास्कीको सीमाना कुभिण्डे पुगी पुनः छोरेपाटन आएर सम्पन्न भएको थियो ।
पर्याप्त पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण गरी पोखराको पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ अभियान बढेको जानकारी दिदै समितिका संयोजक चन्द्रकान्त बरालले मूर्ति निर्माण सहितका लक्षित कार्य सम्पन्न गर्न ३५ करोड रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको बताउनुभयो ।

निर्माण अभियान सफल पारी पोखरा मात्र नभएर समग्र राष्ट्रकै पर्यटकीय विकासमा समेत महत्वपूर्ण योगदान गर्ने लक्ष्यका साथ समिति कृयाशिल बनेको बरालले बताउनुभयो । महायज्ञ यहि फागुन ३ गते देखी १३ गते सम्म पुम्दीकोटमा सम्पन्न हुने र महायज्ञमा विश्व विख्यात कथाबाचक इश्वरकृष्ण महाराजजीबाट कथाबाचन हुने बताइएको छ ।

कमेन्टहरु
Loading...