काठमाडौ, १७ माघ /नेकपा एमाले कंचनपुर जिल्ला कमिटी सदस्य समाजसेवी मोहन बहादुर पालको निधन भएको छ । एमाले केन्द्रिय कमिटी सदस्य युवा संघ नेपालका सह इन्चार्ज निरु पालका पालको अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको हो ।
पाल शरिरमा रगतको कमि भए पछि सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत थिए । उनलाई थप उपचारका लागि आज काठमाडौ लैजाने तयारी भएको थियो तर बिहान ४ बजे हामी अस्पतालमा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दियो । उनका निधन प्रति विभिन्न व्यक्तिले सामाजीक सञ्जालमा समबेदना प्रकट गरेका छन् ।