आहा राराको गोल्डकपको उपाधि जिते, पुरस्कार राशी एकेडेमीलाई -एएनए अमेरिका

पोखरा, ५ माघ /पोखरा यति बेला फुटबलको रौनकले तातेको छ । भलै मौसम माघको चिसो भए पनि । यहि मेसोमा सात समुद्र पारी अमेरिका बाट एउटा फुटवल टोली पोखरा रंगशालाको फुटबल मैदान तताउन आएको छ । एशोसियसन अफ नेप्लीज इन द अमेरिकन (एएनए) को नेतृत्वमा आएको फुटबल टोलीले पोखरेली पत्रकार माझ साक्षात्कार गर्ने अवसर जुटायो ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीको आयोजनामा भएको उक्त कार्यक्रममा एनए का प्रेसिडेन्ट मेदीनी अधिकारीले आफुहरु खेल जित्नको लागि भन्दा पनि मनका भावना साट्न आएको बताए । उनले भने ‘विश्वमा ४० लाखको हाराहारीमा नेपाली विदेशमा छन तर उनीहरुको मन संधै नेपालमा नै हुन्छ ।’ उनले अगाडी भने ‘आखिर जहाँ भए पनि यो मन त नेपाली हो ।’

अहिले नेपालको विकासका लागि आत्मबलको खाँचो रहेको कुरा औल्याउँदै अधिकारीले भने एनआरएनए को सहयोगमा हामीले नेपालको खेलको विकासका लागि धेरै गर्न सक्छौ उनले भने । एनएका कन्भेनर तथा अफिसर विजय श्रेष्ठले अमेरिका भरि छरिएर रहेका नेपालीहरु विच एकता प्रर्दषित गर्न पनि संस्थाले भूमिका खेलिरहेको बताए । उनले नेपालको विकासमा एनए संग जोड्न आग्रह गर्दै नेपालीहरु विदेशमा रहे पनि मन र मुटु संधै नेपालमा नै हुने वताए । उनले आहा राराको उपाधि जिते पुरस्कार राशी सहारा एकेडेमीलाई नै दिने बताए ।

कार्यक्रममा उशुका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा एनए का स्र्पोट्स चियर लिड चन्द्र लामाले एनएको टिममा केही शसक्त खेलाडी रहेको तर्फ इगित गर्दै लामो यात्रा र थकानले खेलाडीमा केही शिथिलता आए पनि आहा रारा गोल्ड कप लिएर जानको लागि नै टिम मैदानमा उत्रने वताए । सो अवसरमा नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा एनएका टिम क्यापटेन प्रलय राजभण्डारीले झापा ११ संगको खेल निकै रोमाञ्चक हुने वताए । ‘पोखराको खेल मैदान र परिवेश खेलाडीका लागि नयाँ भए पनि टिममा अमेरीकको प्रतिष्ठत क्लव संग आवद्ध भएका खेलाडी भएकाले हामी जित्नका लागि खेल्ने छौ’ उनले दावी गरे ।

नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा टिम व्यवस्थापन समितीका सदस्य बखन थापा, टिमका प्रशिक्षक सुरज थापा सहभागी थिए । एनए टिम माघ ६ गते झापा ११ संग पोखरा रंगशालामा भिडुदैछ । उनीहरु अमेरीकका स्थित पाँच राज्य बाट ६० मध्ये २० जना खेलाडी छनौट गरि पोखरा खेल्न आएका हुन ।

कमेन्टहरु
Loading...