पोखरा ३ माघ /मंगलवार देखि पोखरा रंगशालामा सुरु हुने १५ औं आहा रारा गोल्डकपको खेल तालिका आयोजक सहारा क्लबले सार्वजनीक गरेको छ । उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सुदुरपश्चिम ११ स्पोर्टिङ क्लब भिड्ने भएका छन् ।
उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारको लागि प्रतिश्पर्धा गर्ने छ । त्यसै गरि माघ ५ गते सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच प्रतिश्पर्धा हुनेछ । सो खेलको विजेताले माघ ९ गते लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीको सामना गर्नेछ । त्यस्तै माघ ६ गते अमेरिकी टिम र रमपम झापा ११ विच प्रतिश्पर्धा हुनेछ । सो खेलको विजेताले माघ १० गते सेमिफाइनल प्रवेशका लागि आर्मी क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनलमा माघ ७ गते संकटा क्लब र नेपाल पुलिस क्लब भिड्नेछ । सो खेलको विजेताले माघ ११ गते बंगलादेशी टिमसँग प्रतिश्पर्धा गर्ने छ । खेल तालिका अनुसार युनाइटेड सिक्किम, बंगलादेशी क्लब , आर्मी क्लब र मनाङमस्र्याङदी बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछन् ।
प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेतलाई दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्राप्त गर्ने छन् ।