पोखरा २, माघ/मदरल्याण्ड माावि पोखरा ७ मासवारमा अध्ययनरत विद्यार्थीहरुले पोखरा १७ सितापाईला स्थित बृद्धाश्रममा फलफुल तथा अन्य अत्यावश्यक सामाग्री प्रदान गरेका छन ।
शनिवार विद्यालयका कक्षा १०, होस्टेलमा रहेका छात्राहरु मध्ये १० जनाले आफ्नो प्रि सेन्ट अप सकेको अवसरमा बिहान चियासँग नखाई बचाएका २५० पिस बिस्कुट, फलफुल, अत्यावश्यक सामागी सर्फ पाउदर, फिनेल लगाएत करीव ११ हजार रुपैया बराबरको सामाग्री प्रदान गरेको सहभागी बिद्यार्थी अनुपा अधिकारीले बताईन ।
सो अभियानमा होस्टेलमा रहेका छात्राहरु अनुपा अधिकारी, सेल्सा बास्तोला, सुरुची गौचन, युकी थकाली, यशोधा गुरुङ, सुमा गुरुङ, चिजा पुन, स्मृति भट्टराई, सुमिना गुरुङ र सुस्मीता कार्की रहेका थिए ।
उक्त सामाग्री ग्रहण गर्दै बृद्धाश्रमका ब्यवस्थापक टीका बहादुर भण्डारीले सानो उमेरमा पनि सामाजीक सेवाभाव जनाई बृद्धाश्रममा रहेका जेष्ठ नागरिकको सम्मान स्वरुप अत्यावश्यक रहेका सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै छात्राहरुको उज्जवल भविस्यको शुभकामना दिएका थिए ।
यस अघि पनी सो बिद्यालयका ११ र १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुले बर्थ डे बैंक मार्फत कलेक्सन भएको रकमले बिभिन्न सामुदायीक बिद्यालयमा स्टेशनरी र खेलकुदका सामाग्री बितरण गरेका थिए ।
