पोखराको पर्यटकीय केन्दमा भिषण आगोलागी, २ करोड बढीको क्षती, २ घाईते (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २७ पुस /पोखराको बाराहीचोकमा रहेको ट्राइस्टार रेष्टुरेण्टमा गयराति भीषण आगलागी भएको छ । आगलागीले रेष्टुरेण्ट पूर्णरुपमा जलेर क्षति भएको प्रत्यक्षदर्शीले जनाएका छन् । राति करिब १० बजे २५ मिनेट आगोले रेष्टुरेण्ट जलेर पूर्णरुपमा ध्वस्त भएको छ । रेष्टुरेण्टको तल्लोतलामा रहेको एक ट्राभस एजेन्सी, सनराइज बैंकको एटिएम काउन्टर, मनिचेन्जर, ¥याफ्टिङको कार्यालय समेत जलेको छ ।

काठैकाठले निर्मित उक्त रेष्टुरेण्ट स्थानीय धमेन्द्र बाटाजूले एक वर्षअघि सञ्चालनमा ल्याएका थिए । रुफ टपसहितको उक्त रेष्टुरेन्ट पर्यटकको आकर्षणको केन्द्र थियो । मध्यरात करीव १ वजे आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका पोखरा उपमहानगरपालिका र पोखरा एयरपोर्टका तीन वटा दमकल र खानेपानी प्रयोग गरिएको थियो । आगोलागीबाट रेष्टुरेण्ट अगाडीका दुईवटा मोटर साइकल जलेका छन् भने पछाडीको होटलमा समेत क्षती पुगेको छ ।

आगो लागेको थाहा पाएपछि सुरक्षाकर्मी, स्थानीयबासी, सर्वसाधारण घटनास्थल पुगेका थिए । आगोलागी विजुली सट भएर लागेकौ हुन सक्ने अनुमान गरीएको छ । आगोलागीबाट करिब २ करोड बढिको क्षति भएको प्रहरीका अनुमान छ । प्रहरीका अनुसार क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, गण, नेपाली सेना, सशस्त्र आगो निभाएका थिए । आगो निभाउने क्रमा सञ्चालनमा धमेन्द्र बाटाज र दमकलका कर्मचारी रामजी केसी समेत घाईते भएका छन ।

कमेन्टहरु
Loading...