पोखरा, १६ पुस/पोखरेलीहरुले सडकबाटै अंगे्रजी नयाँ २०१७ को स्वागत तथा २०१६ को विदाई गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गरेको १८ औं पोखरा सडक महोत्सवको रमाइलोसंगै अंग्रेजी नयाँवर्षको स्वागत गर्न शनिबार हजारौ पोखरेलीहरु लेकसाइड पुगे । र मध्यरातमा कसैले सडकबाटै तथा कसैले मञ्चमा गाउँदै गरेका कलाकारहरुसंग चिच्याउँदै नयाँ वर्षको स्वागत गरेका हुन् ।
यस बर्ष पनि सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नाराका साथ १८औं सडक महोत्सव पोखराको लेक साइडमा जारीे छ । महोत्सव अनौपचारिक रुपमा आज (आइताबर) सम्पन्न हुँदैछ । ‘आइतबार राति १० वजे सम्म पनि कार्यक्रम हुने छ र १८ औं पोखरा सडक महोत्सव अनौपचारिक रुपमा सकिने छ’–महोत्सव संयोजक गोपीबहादुर भट्टराईले बताए । बैदामको साढे ३ किलोमिट क्षेत्रमा आयोजना गरिएको सडक महोत्सवको अवलोकन गर्न विदेशी पर्यटक तथा देशका विभिन्न जिल्लाहरुबाट अवलोकनकर्ताहरु पोखरा आएका रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए ।
शनिबार महोत्सवको मुख्य स्थल कोमागाने पार्कमा लोकगिततर्पm बद्रि पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पार्वती जिसि, शंकर विरही गुरुङ्ग, रामजी पौडेल, दिल लामा र कृष्ण गुरुङ्गको प्रस्तुती रहयो भने हास्यतर्फ बलराम सरकारको प्रस्तुती रहयो । त्यस्तै लाइभ व्याण्डतर्फ नरने लिम्बु, पोखरेली लाहुरे र अनुप प्रस्तको प्रस्तुतीमा मध्यरातसम्म दर्शक झुमेका थिए ।
रत्यौलीतफर्प नमुना आमा समुह पोखरा र खास्टे तालबाराही आमा समुह, लेखनाथविच प्रतिस्पर्धा भयो ।
त्यस्तै खेलकुदतर्फ भएको रस्साकसि प्रतियोगितामा राम भुजेल, लब भुजेल, राजन श्रेष्ठ, सूर्य कुमाल, असिम रानामगर र एरोन थापाको गौरिघाट समुहले प्रथम तथा प्रदिप गुरुङ्ग, केशव उदास, सुरेस गुरुङ्ग, राजकुमार ध्वजु र सुनिल पोखरेल रहेको रत्नश्री जिम, नदीपुरले दोश्रो स्थान हाँसिल ग¥यो । रत्नश्रीकै लेकसाइडले तेश्रो स्थान हाँसिल ग¥यो । उनीहरुले क्रमश नगद १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरे । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष सूर्य भुजेलले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए । गत १३ गतेदेखि शुरु भएको महोत्सवमा सडक छेउमा रेष्टुरेण्ट राखिएको थियो । कोमागानो पार्कमा वाल उद्यान सहित दोहोरी, लाइभ कन्सर्ट लगायतका कार्यक्रमहरु रहेका थिए ।



