छैठौ बगर भाइखलक एसओएस भेट्रान फुटवलको उपाधी सिएमजी काठमाण्डौलाई

पोखरा १० पुस /छ्रैठौ संस्करणको एस ओ एस बगर भाइखलक भेट्रान फुटवलको उपाधी सिएमजी काठमाण्डौले जितेको छ । उपाधी संगै सि एमजीले नगद ७५ हजार, रनिङ शिल्ट, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो ।

आइतबार टुडिखेल मैदानमा सम्पन्न फाइनल खेलमा सिएमजीले नाइट किंग सानो गौचरणलाई ट्राइबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी हात पार्न सफल भएको हो । खेलको पहिलो हाफको शुरुवातमा नाइट किंगका आकाश गुरुङले फ्रि किकमा गोल गर्न सफल भएका थिएभने दोश्रो हाफको अन्तिम समयमा सि एमजीका बिजय गुरुङले पेनाल्टी मार्फत गोल फर्काउदै खेल बरावरीमा ल्याएका थिए ।

निर्धारित समयमा खेल बरावरीमा सकिएपछि ट्राइबेकरमा सिएमजीको तर्फबाट संजीव वैद्य, कल्याण खड्गी र चेतनारायण श्रेष्ठले १÷१ गोल गरेका थिएभने नाइट किंग सानो गौचरणको सरोज थापा र निमा लामाले १÷१ गोल फर्काएको भएतापनि मनु गौतमको गोल किपरले रोकेपछि सिएमजीले उपाधी हात पारेको थियो ।

प्रतियोगितामा नाइट किंग सानो गौचरणले उपबिजेता सहित गगद ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा सि एम जी काठमाण्डौका संजीत कुमार बैद्य म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी सानो गौचरणका खेलाडी निमा लामा घोषित भए भने उत्कृष्ट गोल कर्ता सिएमजी काठमाण्डौका चेत नारायण श्रेष्ठ भए प्रतियोगिता अवधिभर श्रेष्ठले ४ गोल गर्न सफल भए ।

त्यस्तै अनुशासित टीम आदिवासी भेट्रान क्लव काठमाण्डौले हात पा¥यो । प्रतियोगिताका बिजयी टीम र खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बम, प्रथम पुरस्कार प्रायोजक सरोज गुरुङ मिकी हङकङका वुवा बिर वहादुर गुरुङ, दोश्रो पुरस्कार प्रायोजक जापान भिमकाली पाटनका प्रतिनीधी, बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...