भेट्रान फुटवलमा आदिवासी भेट्रान काठमाण्डौको बिजयी सुरुवात, पूर्व खेलाडी गुरुङ सम्मानित

पोखरा, ६ पुस /बगर भाइखलकको छैठौ संस्करणको भेट्रान फुटवल प्रतियोगितामा आदिवासी भेट्रान काठमाण्डौले बिजयी शुरुवात गरेको छ । बुधवार देखि पोखराको टुडिखेल मैदानमा शुरु भएको एस ओ एस बगर भाइ खलक भेट्रान फुटवल प्रतियोगितामा लेकसाइड भेट्रानलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै बिजयी शुरुवात गरेको हो । खेलमा आदिवासीको तर्फबाट जर्सी नम्बर २ का लाल बहादुर लिम्बुले दुइ गोल गरेका थिए ।

उक्त खेलमा आदिवासीकै लाल बहादुर लिम्बु म्यान अफ दी म्याच घोषित भए । म्यान अफ दी म्याच लिम्बुलाई बगर भाइखलक युकेका मेजर खुसीमान गुरुङले पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी दोश्रो खेलमा नेपाल विद्युत प्राधिकरण पोखरा शाखालाई एक शुन्य गोल अन्तरले पराजित गर्दै दीप युनाइटेड अघिल्लो चरणमा प्रवेश ग¥यो । खेलमा दीप युनाइटेडका जसी नम्बर सातका कृष्ण बहादुर गुरुङले गरेको एक गोलनै निर्णायक गोल हुन पुग्यो । उक्त खेलमा दीप युनाइटेडका जर्सी नम्बर ११ का शुसिल गौतम म्यान अफ दी म्याच घोषित भए ।

म्यान अफ दी म्याच गौतमलाई सहारा युकेका सल्लाहकार लालकाजी गुरुङले म्यान अफदी म्याचको पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा बिहीबार ६ खेल हुने भएका छन । जसमा पहिलो खेल बगर भाइखलक बी र बुटवल भेट्रान बीच हुनेछ, दोश्रो खेल मौजा मोहोरिया कास्की र बुटवल भेट्रान बुटवल सोशाइटी भेट्रान, तेश्रो खेल लायन्स क्लव अफ मुनाल पोखरा र मनाङ मस्र्याङदी, चौथो खेल एबीसी पोखरा र बिरगञ्ज युनाइटेड सिटी, पांचौ खेल नखीपोट ललितपुर र रोटरी क्लव अफ मकवानपुर हेटौडा र अन्तिम खेल हेम्जा भेट्रान र कलव मोसिस बीच हुने आयोजकले जनाएको छ ।

यसैविच प्रतियोगिताको उद्घाटन शत्रमा पूर्व खेलाडी दक्ष बहादुर गुरुङलाई सम्मान गरिएको छ । प्रत्येक वर्ष गरिदै आएको खेलाडी सम्मान अन्तर्गत यो वर्ष पुर्व राष्ट्रिय खेलाडी दक्ष बहादुर गुरुङलाई ताम्रपत्र, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो । प्रतियोगितामा प्रमुख अतिथी प्रध्यापक डाक्टर बिरेन्द्र सिंङ गुरुङ, बगर भाइखलक युकेका सदस्य गोर्खा मेजर खुसीमान गुरुङ, पूर्व खेलाडी शम्भु कार्की बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङ लगायतले सम्मान गरेका थिए ।

२१ टीमको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने टीमलाई ७५ हजार, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्धितिय हुने टीमलाई ५० हजार नगद, ट्र«फी, पदक र प्रमाणपत्र प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई ट्रफी सहित नगद ५ हजार, फाइनल म्याचको म्यान अफ दी म्याचलाई ट्रफी सहित नगद ५ हजार, सर्वोत्कृष्ठ खेलाडी, अनुशासित टीम, प्रतियोगितामा सहभागी सवैभन्दा जेष्ठ खेलाडीलाई सम्मान स्वरुप एक हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...