एमालेले सिमानाको आन्दोलन गर्दा संघियता र गणतन्त्र नै खतरामा – प्रधानमन्त्री दाहाल

सागर राज तिमिल्सिना
पोखरा, १ पुस/प्रधानमन्त्री पुष्पकमल दाहालले सिमाङ्कनलाई लिएर आन्दोलन गर्दा सघियता नै संकटमा पर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरमा आयोजना गरेको कार्यक्रममा दाहालले सिमाङ्कनको विवाद नर्चकाउन एमालेलाई अनुरोध गरे । उनले प्रदेश नम्बर ५ को सिमानालाई लिएर आन्दोलन गर्दा संघियता र गणतन्त्र नै खतरामा पर्ने बताए ।

उनले संघियता र गणतन्त्र नचाहानेका लागि आन्दोलनले टेवा पु¥याउने बताए । ‘आन्दोलन बढ्दै जादा नियन्त्रण बाहिर जान्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यसले संघियता र गणतन्त्र नै संकटमा पर्दछ ।’ उनले एमालेलाई सरकारले ल्याएको सहमतीको कुरालाई मानेर अगाडी बढ्दा नै फाइदा मिल्ने बताए ।

उनले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको लक्ष्य रहेको बताए । तीन तह कै निर्वान गर्न आवश्यक रहेको बताउदै उनले पहिले स्थानीय तहको निर्वाचन गर्ने बताए । उनले प्रदेश र केन्द्रको चुनाव भने एकै पटक गर्न सकिने उनको भनाई छ । उनले सविधान संशोधन परिमार्जन सहित पास गर्न सकिने बताए । ‘संसदमा दर्ता भई सकेको सविधान संशोधन फिर्ता हुदैन,’ नेता दाहालले भने, ‘एमाले संसदीय पार्टी संसदबाटै प्रस्ताब फेल बताए हुन्छ ।’

उनले सविधान संशोधन, निर्वाचन र महाअभियोगलाई सबै बसेर छलफलबाटै टुङगो लगाउन सकिने बताए । उनले आफ्नो सम्पनी एक कड्डा जमिन र केहि तोला सुन पनि नियम अनुसार पार्टीको नै भएको बताए । एकिकृत नेकपा माओवादीको प्रदेश नम्बर ४ को कार्यकर्ता प्रशिक्षणका लागि दाहाल सहित नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा, देव गुरुङ लगाएतका नेताहरु पोखरा आएका छन् ।

कमेन्टहरु
Loading...